तिथि क्षयका कारण आजै कात्यायनी देवीको पनि उपासना गरिँदै
नेपालबहस संवाददाता
असोज २५, २०७८ सोमबार १८:६:२०
२५ असोज, काठमाडौं । नवरात्रको आज पाँचौ तथा तिथि अनुसार छैटौं दिन । आज देशभरका शक्तिपिठहरूमा नवदुर्गाको छैटौं स्वरुप कात्यायनी देवीको पनि पूजा आराधना गरिँदैछ ।
आज बिहान ६ः३० बजेसम्म पञ्चमी तिथि रहेको छ भने त्यसपछी तिथि क्षय रहेको छ । तिथि क्षय भएको अवस्थामा षष्ठी तिथिलाई पनि आजै मानेर पूजाआराधना गर्न सकिने गजेन्द्रमोक्ष संस्कृत परिषद्का सचिव सागर रिजाल ‘सनातन’ बताउँछन् ।
नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
चंन्द्रहासोज्ज्वलकरा शार्दूलवरवाहना ।
कात्यायन शुभम् दद्यात् देवी दानव घातिनि ।।
कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीकको रुपमा वर्णन गरिएको छ । कात्यायनी देवीलाई पार्वतीको सौर्य अवतार समेत मानिन्छ ।
कात्यायन ऋषिले देवीको कठोर तपस्या गरी देवीलाई आफ्नो पुत्रीको रुपमा प्रप्त गर्ने वरदान पाएका थिए । त्यसको केही समयपछि महिषासुर नाम गरेको राक्षसले सबै प्रणीलाई दुःख कष्ट दिँदै अत्याचारको पराकाष्ठा तोडपछि महिषासुरको विनासका लागि बह्मा, विष्णु तथा महेश्वरले आ–आफ्नो तेज तथा प्रतापबाट देवीको उत्पन्न गरेका थिए । महर्षी कात्यायनले यही देवीको उपासना गरेकाले देवीको नाम कात्यायनी रहन गएको हो ।
आश्विन कृष्ण चतुदर्शीमा जन्मलिएकी देवीको कात्यायन ऋषिले नवमीसम्म उपासना गरेका थिए । ऋषिको आराधनालाई स्वीकार गर्दै दशमीका दिन देवीले राक्षस महिषासुरको वध गरेकी थिइन् । महिषासुरको वध गरेकाले देवीको अर्को नाम महिषासुर मर्दिनी पनि रहन गयो । यो कथा देवीभागवत लगायतका ग्रन्थमासमेत उल्लेख गरिएको छ ।
चार हात भएकी देवीको एक हातमा तरवार र अर्को हातमा कमलको फूल रहेको छ भने दुई हात आशीर्वाद मुद्रामा छ । कात्यायनी देवीको पूजाआराधना गर्नाले अर्थ, कर्म, कामका साथै मोक्ष प्रप्त हुने विश्वास गरिन्छ ।
नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुईँचो लाग्ने गर्छ । विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला भगवती, काभ्रेको पलाञ्चोक भगवती, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार