दशैंमा पाथीभरा मन्दिरमा पूजापाठ गर्नेको संख्या बढ्यो
नेपालबहस संवाददाता
असोज २५, २०७८ सोमबार १८:१७:२
दिलकुमार लिम्बू
२५ असोज, ताप्लेजुङ । नवरात्र सुरु भएसँगै पाथीभरा मन्दिरमा पूजा गर्ने भिड लागेको छ । पूजापाठ गर्ने राम्रो साइत भएकाले नवरात्रको समयसम्म पाथीभरा मन्दिरमा पूजापाठ गर्नेको भिड लाग्ने गरेको हो ।
सोमबार दुई हजारभन्दा बढी तीर्थयात्रीले पाथीभरामा पूजापाठ गर्दै गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्याकारी निर्देशक मनमणि काफ्लेले जनाकारी दिए। नेपालका दार्जुलादेखि भारतको दार्जिलिङ र सिक्किमसम्मका तीर्थयात्रीले आज पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गर्दै गरेको उनको भनाइ ५ ।
नवरात्रको पहिलो दिनदेखि नौ दिनसमम्म अर्थात् टीकाको अघिल्लो दिनसम्म पाथीभरा मन्दिर क्षेत्रमा तीर्थयात्रीको भिड लाग्ने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । गत बुधबारदेखि आइतबारसम्मा १० हजारभन्दा बढीले पाथीभरा मन्दिर क्षेत्रमा पुगेर पूजापाठ गरेका छन् । बुधबार दुई सय ५० तीर्थयात्री पाथीभरा मन्दिर पुगेको माथिलो फेदी प्रहरी चौकीले जनाएको छ ।
बिहीबार आठ यस २५ जना, शुक्रबार एक हजार ६ सय ५५, शनिबार ६ हजार २५ र आइतबार ११ सय ९५ तीर्थयात्री पाथीभरा मन्दिर क्षेत्रमा पुगेर पूजापाठ गरेको माथिल्लो फेदी प्रहरी चौकीका प्रहरी इन्चार्ज लोकबहादुर थापाले बताए ।
नौ महिना पाथीभरा मन्दिरमा पूजापाठ बन्द भएको थियो, तर गत महिनादेखि मात्र पाथीभरा क्षेत्र विकास समितिले खुल्ला गरेको हो । पाथीभरा दर्शन गर्न खुल्ला भएसँगै तीर्थयात्रीहको चहलपहल बढ्न थालेको हो ।पाथीभरा मन्दिर क्षेत्रमा तीर्थयात्रीको भिडभाड बढेसँगै यातायाता व्यावसायी, होटल व्यावसायी र तीर्थयात्री सहयोगी उत्साहित भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार