छायांकनमा जाने तयारीमा ‘कबड्डी ४’ टिम
नेपालबहस संवाददाता
असोज २५, २०७८ मंगलबार १:४६:४
२५ असोज, काठमाडौं । गत २१ असोजमा हल खुलेसँगै फिल्मका गतिविधिहरू बढ्न थालेका छन् । फिल्मका इभेन्टसँगै छायांकनमा जाने तयारीमा फिल्मकर्मी जुटेका छन् । यसै क्रममा आउँदो ३ कात्तिकदेखि ‘कबड्डी’को चौथो भागको छायांकन प्रारम्भ हुने भएको छ । अन्तिम भनिएको ‘कबड्डी’ शृंखलाको चौथो भागलाई दर्शकले हेर्न पाउनेछन् ।
शृंखलाको निर्देशन रामबाबु गुरुङले गर्दै आइरहेका छन् । उनलाई निर्देशकको रूपमा स्थापित गर्ने फिल्म नै यही हो । उनले छायांकनमा अब निस्किने जानकारी दिए । ‘हाम्रो प्रोडक्सन टिम त केही अगाडि नै जान्छ तर हामी ३ कात्तिकमा पुग्छौँ’, निर्देशक गुरुङले भने ।
उनले ३५ दिनको सेड्युल लिएर छायांकन प्रारम्भ गर्ने जनाउँदै सम्पूर्ण छायांकन मुस्ताङमा हुने बताए । ‘हाम्रो लोकेसन मुस्ताङ नै हुन्छ र यसलाई तय भएकै सेड्युलमा पूरा गर्नेछौँ’, निर्देशक गुरुङले बताए । यसकै सिरिजका कारण आज गुरुङ सफल तथा स्थापित निर्देशकको सूचीमा पर्छन् । यद्यपि, सिरिजको संख्या बढ्दै गर्दा उनलाई आरोप पनि लाग्ने गरेको छ ।
उनले दोस्रो र तेस्रो सिरिज रिलिज गर्दै गर्दा व्यासायिक बढी भएको आरोप खेप्दै आइरहेका छन् । कबड्डीको तुलनामा यसका निर्मित सिरिजहरू कमजोर रहेका गुनासा दर्शकको बढ्ने गरेको छ । यसैले गर्दा पनि निर्देशक गुरुङले यसको अन्तिम सिरिज ‘कबड्डी ४ स् द फाइनल म्याच’ भनेका छन् । फिल्ममा दयाहाङ राई र विजय बराल रहने पक्का छ । उनीसँगै रहने अन्य कलाकारका बारेमा जनाइएको छैन ।
काजीको प्रेम कथामा आधारित फिल्ममा अघिल्लो पटक पनि प्रदीप खड्कालाई खेलाउने तयारी भएको थियो । यद्यपि, त्यो सहकार्य हुन सकेन । यस पटक निर्देशक गुरुङले काजी र मैयाको प्रेम कथालाई विश्राम दिँदै छन् । तर, उनले यही नाममा फिल्म भने बनाउन सक्नेछन् । ‘कबड्डी’का तीन सिक्वेलमा प्रेमका लागि संघर्ष गर्ने प्रमुख पात्रहरू ‘फाइनल म्याच’ ‘कबड्डी ४’ मा दोहोरिनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार