लुम्बिनी सरकारले झडपमा ज्यान गुमाएका परिवारलाई एक लाख किरिया खर्च दिने
नेपालबहस संवाददाता
असोज २५, २०७८ मंगलबार २:४९:५१
२५ असोज, बुटवल । रुपन्देहीको मोतिपुरमा आइतबार भएको झडपमा ज्यान गुमाउनेका परिवारलाई लुम्बिनी प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने भएको छ ।
प्रदेश सरकारले ज्यान गुमाएका व्यक्तिका परिवारलाई एक लाख किरिया खर्च दिने निर्णय गरेको हो । औद्यागिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने व्यक्तिहरूले प्रहरीलाई पेट्रोल बम प्रहार गरेपछि आइतबार दोहोरो झडप भएको थियो । त्यसक्रममा प्रहरीले गोली चलाउँदा चारजनाको मृत्यु भएको हो ।
मृतकका परिवारलाई जनही एक एक लाख दिने निर्णय भएको मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस सल्लाहकार मानसिंह विकले जानकारी दिए ।
मुख्यमन्त्री, आन्तरिक मामिला तथा सञ्चार मन्त्री, सुरक्षा परिषद्सहितको बैठकले सोमबार सो निर्णय गरेको हो । बैठकले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा घटना अध्ययन गरी सुझाव दिन कार्यदल पनि गठन गरेको छ ।
बैठकमा मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकार वास्तविक सुकुम्बासीको समस्या समाधान गर्न तयार रहेको बताएका थिए । वास्तविक सुकुम्बासीको समस्या समाधान गर्न प्रदेश सरकारले अध्ययन गरिरहेको भन्दै उनले अहिले विवाद भएको ठाउँ प्रदेशले नचलाएको र औद्योगिक ग्राम नै हडप्न आएपछि प्रहरीले सुरक्षाको लागि गोली चलाएको उल्लेख गरे ।
आगामी दिन सो स्थानमा थप क्षति हुन नदिन प्रहरी संवेदनशील हुने, घाइतेहरूको प्रदेश सरकारले उपचार गर्ने र सुकुम्बासीको पहिचानका लागि छिटो कार्य अघि बढाउने बैठकले निर्णय गरेको छ । सोमबारको घटनाबारे जिल्लाका सबै सुरक्षा निकायले मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई ब्रिफिङ गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत
मंसिर १८, २०८१ मंगलबार
एनपीएलः सुदुरपश्चिम र विराटनगरबीचमा प्रतिस्पर्धा हुने
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व: देउवा
मंसिर १८, २०८१ मंगलबार
दूध बेचेर वार्षिक ३० लाख आम्दानी
मंसिर १८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १८, २०८१ मंगलबार