आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ : १९ बजे
नेपालबहस संवाददाता
असोज २९, २०७८ शुक्रबार १२:१४:२४
२९ असोज, काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी हो । आज आश्विन शुक्लपक्षको प्रतिपदाका दिन घटस्थापना गरेर नौ दिनसम्म पूजाआराधना गरिएको दुर्गाभवानीको विसर्जन गरिँदै छ ।
विजया अर्थात अपराजिता देवीको पूजाआराधना गर्दै बाजागाजाकासाथ देवीलाई विसर्जन गरिन्छ । महानवमीसम्म पूजा गरीएकी देवीको आज विधिवत रुपमा विसर्जन गरिन्छ । विसर्जन पूर्व नवरात्रभर पूजा गरिएका नौ देवीको पनि आज पूजा गरिन्छ । देवी विसर्जन गर्ने उत्तम साइत आज बिहान ८ः१९ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
घरमा देवीको आह्वान गरेको दशौंदिन विजया देवीको पूजा गरिने र नौदिनसम्म उपासना गरिएको देवीको प्रसादलाई टीका र जमराको रुपमा लगाइने भएकाले आजको दिनलाई विजया दशमी भनिएको हो ।
शुम्भ र निशुम्भ नाम गरेका राक्षसलाई देवताहरूको आग्रहमा यिनै देवीले बध गरेको कथा मार्कण्डेय पुराणमा उल्लेख छ । पुराणका अनुसार यसैदिन महिषासुर र शुम्भमाथि विजय प्राप्त गरिएको थियो । त्यस्तै भगवान रामले पनि विजया देवीको आराधना गरी दशमीकै दिन राक्षसराज रावणलाई मार्न लंका प्रस्थान गरेका थिए ।
देवी विसर्जन गरेपछि घटस्थापना गरेको घडाको जलले अभिषेक गर्ने र देवीको प्रसादलाई अन्य देवता तथा आ–आफ्ना कुलदेवतालाई चढाई मान्यजनबाट टीका जमरा लगाइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार