तलेजु मन्दिरमा प्रशासनले लगायो बली दिन रोक
नेपालबहस संवाददाता
असोज २९, २०७८ शुक्रबार १२:२४:२६
२९ असोज, भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु भवानीमो मन्दिरमा गइन् । तर गेटमा पुग्न नपाउँदै त्यहाँका सुरक्षाकर्मीले भित्र जानबाट रोकिहाले । अनि मन्दिरमा चढाउन आएको अछेटा घरमै फिर्ता लगिन् ।
‘पहिले पहिले मन्दिरभित्र गई पूजा गरेको थिएँ । दशैंमा पूजा गर्न आएको तर भित्र जान दिएन,’ उनले भनिन्, ‘कोरोना भएकोले भित्र जान नदिएको रे । गेटमा गएर पूजा गरेर फर्किएँ ।’
तलेजु मन्दिरमा पूजा गर्नको लागि रामेश्वर तमखु पूजा सामग्री लिएर मन्दिर भित्र पस्न खोजे तर उनलाई पनि सुरक्षाकर्मीले रोके । उनी पनि गेट छेवैको मन्दिरलाई पूजा गरी फर्किए ।
विगतका वर्षमा बडादशैं टीकाको दिन राँगो, बोका, कुखुरा, हाँसलगायतको बली तलेजु भवानीमा दिइने गरिन्थ्यो । तर यस वर्ष सामान्य रुपमा पूजा गर्न अनुमति दिएकोले भित्र गएर पूजा गर्न नदिएको सुरक्षाकर्मीले बताएका छन् । यस वर्ष कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि पालिकालगायत सम्बन्धित सरोकारवाला निकायको बैठकले बलि चढाउन नदिने निर्णय गरेको थियो ।
तर स्थानीयले मन्दिरभित्र पसेर पूजा गर्न नदिएकोमा दुखेसो पोखेका छन् । सधैँ पूजा गर्दै आएको मन्दिरमा पूजा गर्न नपाउँदा खल्लो लाग्ने तमखुले बताए ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि मन्दिरमा बलि नदिने निर्णय गरेको नगरप्रमुख सुनील प्रजापतिले बताए । उनले विगतका वर्षमा १२५ जना पुजारीलाई तलेजु भवानीको लागि गेट पास दिएको र बलि दिएमा भीडभाड हुने भएकोले नदिने निर्णय गरेको सुनाए ।
‘मन्दिरमा सरकारले बलि दिने गर्छ । राँगोलगायत विभिन्न पशु बलि दिइन्छ,’ उनले भने, ‘नगरपालिका, गुठी संस्थान, सुरक्षाकर्मीलगायत सरोकारवाला निकायसँग बसेर निर्णय गरेका हौं । सोही निर्णयअनुसार आज बलि दिइने छैन । तर सामान्य पूजा गर्न पाउनेछन् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार