के हो स्क्यूड गेम ? यो किन यस्तो चर्चित भयो ?
नेपालबहस संवाददाता
असोज ३१, २०७८ सोमबार १:८:४०
३१ असोज, काठमाडौं । स्क्यूड गेम नामक कोरियाली टेलिशृङ्खला नेटफ्लीक्स को सबैभन्दा ठूलो र सफल शृङ्खला बनेको छ। पहिलो २८ दिनमा यसको दर्शक सङ्ख्या ११ करोड १० लाख पुगेको छ जुन यसअघिको सबैभन्दा सफल शृङ्खला ब्रीजरटनभन्दा बढी हो।
ब्रीजरटन शृङ्खलालाई २८ दिनमा आठ करोड २० लाख मानिसले हेरेका थिए। नौ भागको शृङ्खला बालबालिकाको खेललाई घातक प्रारूप दिइएको कथा हो।
यसमा ४५६ जना ऋणमा डुबेर पैसाका लागि जे पनि गर्न तयार मानिसहरूको समूहलाई विजेताले तीन करोड ९० लाख अमेरिकी डलर जित्ने खतरनाक छ वटा खेल खेल्नका लागि लोभ्याइन्छ।
खेलहरू कोरियाली बालबालिकाले खेल्ने साधारण खेलाहरू हुन्। बालबालिकाका खेलहरूलाई हिंसात्मक रूप दिइएको कारण यो चर्चित भएको बताइन्छ।
स्क्यूड गेमका निर्देशक ह्वान डोङ् ह्यूकले एक अन्तर्वार्तामा हुर्केका मानिसहरूले बच्चाको खेल जित्न ज्यानको बाजी थापेको कारण मानिसहरू यसमा आकर्षित भएको बताएका छन् ।
यो किन चर्चित भयो ?
यो चर्चित हङ्गर गेम र सन् २००० को चलचित्र ब्याटल रोयाल जस्तै छ। तर यो शृङ्खलामा अन्य चलचित्रमा जस्तो अब के हुन्छ भन्ने कुरा अनुमान गर्न सहज छैन। त्यसै कारण पनि यो चर्चित भएको बताइन्छ।
कोरियाली दर्शकहरूका लागि बाल्यकालको खेलको सम्झना र कोरिया बाहिरका दर्शकहरूका लागि कोरियाको फरक रूपले पनि आकर्षण गरेको बताइन्छ।
यसका कलाकारहरूको अभिनय र चरित्रले पनि यसलाई चर्चित बनाइएको यसका दर्शक बताउँछन्। विज्ञहरूले यसका चरित्र पनि यसको सफलताको कारण भएको बताउँछन्। धेरै चरित्रहरू समाजमा सीमान्तकृत व्यक्तिहरू छन्।
सबै चरित्रहरू ठूलो आर्थिक समस्याले जेलिएका भए पनि उनीहरू धेरै उमेर समूहका छन्। प्रमुख चरित्र आफ्नो परिवारबाट सम्मान खोजिरहेको र जुवाका कारण समस्यामा फसेको बेरोजगार व्यक्ति हो।
शृङ्खलामा उसले दुखद कथा भएको उत्तर कोरियाली भगौटा र रोजगारदाताले दुर्व्यवहार गरेको पाकिस्तानी श्रमिकलाई भेट्छ। अन्य देशहरूमा जस्तै कोरियाको प्रतिस्पर्धी समाजले धेरैलाई पीडित बनाएको छ।
उदाहरणका लागि कतिपय कोरियाली युवाहरूका लागि जति मिहेनत गरे पनि राम्रो विश्वविद्यालयमा पढ्न वा राम्रो जागिर पाउन सम्भव छैन।शृङ्खलामा एक खेल अधिकारी भन्छन्स् ‘यो खेलमा सबै प्रतिस्पर्धी बराबर छन्। हामी बाहिरी विश्वमा विभेद भोगेका सबैलाई एउटा निष्पक्ष खेल जित्ने अन्तिम मौका दिँदै छौँ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा
जेठ ४, २०८१ शुक्रबार
निकुञ्ज घुम्ने विदेशी पर्यटकको संख्यामा वृद्धि
जेठ ४, २०८१ शुक्रबार
तेह्रथुममा आजदेखि ढाका महोत्सव सुरु
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षकलाई दिन कटाउनै मुस्किल !
जेठ ४, २०८१ शुक्रबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ
जेठ ४, २०८१ शुक्रबार
भारतले अर्को चुनावी गर्मीको सामना गर्ने मौसम विभागको चेतावनी
जेठ ४, २०८१ शुक्रबार