अभ्यास खेलमा इंग्ल्याण्डलाई भारतले ७ विकेटले पराजित
नेपालबहस संवाददाता
कात्तिक २, २०७८ मंगलबार १३:३०:३४
२ कार्तिक, काठमाडौं । सातौँ संस्करणको टि-ट्वान्टी विश्वकपअघि अभ्यास खेलमा भारतले इंग्ल्याण्डलाई ७ विकेटले पराजित गरेको छ । युएईमा सम्पन्न खेलमा इंग्ल्याण्डले दिएको १८९ रनको लक्ष्य भारतले तीन विकेट गुमाएर १९ ओभरमा भेट्टायो ।
भारतको लागि इशान किशनले सर्वाधिक ७० रन बनाए । यस्तै केएल राहुलले ५१ रन जोडे । इंग्ल्याण्डको बलिङमा डेभिड विलि, मार्क वुड र लियाम लिभिंगस्टोनले समान १-१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै १८८ रन बनाएको थियो । इंग्ल्यान्डको लागि जोनी बेयरस्टोले सर्वाधिक ४९ रन बनाए । यस्तै मोइन अलीले ४३ रन बनाए ।
भारतका मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिए । विश्वकपअघि दोस्रो अभ्यास खेलको रुपमा भारतले २० अक्टोबरमा अस्ट्रेलियासँग तथा इंग्ल्यान्डले न्युजिल्यान्डसँग खेल्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
खुम्बु क्षेत्रमा हेलिकप्टर उडान गर्न अनुमति
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
समाजवादी क्रान्तिका लागि केन्द्रीय समिति बैठक कोसेढुङ्गा सावित : अध्यक्ष प्रचण्ड
पुष २३, २०८१ मंगलबार
पूर्वसमूह खोज्नतिर होइन, भरभराउँदो आजको एमाले खोजौँ : अध्यक्ष ओली
पुष २३, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष लिङ्देनको भेट
पुष २३, २०८१ मंगलबार
लामिछाने पक्षका कानुन व्यवसायीको बहस सकियो
पुष २३, २०८१ मंगलबार