आदिनाथ मेलाका लागि तयारी पूरा
नेपालबहस संवाददाता
कात्तिक २, २०७८ मंगलबार १३:५१:१३
२ कार्तिक, काठमाडौं । आदिनाथको मन्दिरमा एकमहिने मेलाका लागि तयारी पूरा भएको छ । प्रत्येक वर्ष आश्विन शुल्क पूर्णिमादेखि कात्तिक शुल्क पूर्णिमासम्म मेलाका लागि आवश्यक तयारी पूरा गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
गत वर्ष महामारीका कारण मन्दिरमा नियमित पूजाबाहेकका अन्य पूजा तथा दर्शनका लागि बन्द गरिएको थियो । स्वास्थ्य मापदण्डलाई कायम गरी भक्तजनलाई दर्शनको व्यवस्था मिलाएर भीड व्यवस्थापन गरिने छ । मन्दिर आसपासमा मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने नियम बनाइएको पुजारी सरोज शाक्यले जानकारी दिए।
काठमाडौं उपत्यका तथा त्यस वरपर क्षेत्रका भक्तजन मेला भर्नका लागि यहाँ आउने गर्दछन् । रत्नपार्कदेखि करिब नौ किलोमिटर दक्षिणतर्फको दूरीमा पर्ने उक्त मन्दिरमा मेला भरेमा पारिवारिक सुख, समृद्धि कायम हुने जनविश्वास छ ।
आदि नर र आदि नारीका रुपमा अभिव्यक्त भएको मूर्तिलाई आदिनाथ भनेर पुज्ने गरिन्छ । प्रत्येक वर्ष चैतेदशैंका दिन मूर्तिलाई स्नान गराई खटजात्रा गरिने चलन छ । त्यस अवधिमा पनि भक्तजनको मेला लाग्ने गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार