पहिरोमा फसेकाहरुको उद्धार सेनाको हेलिकोप्टरबाट गरिँदै
नेपालबहस संवाददाता
कात्तिक २, २०७८ मंगलबार १६:५२:५९
२ कार्तिक, काठमाडौं । लगातार परेको भारी वर्षातका कारण सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा आएको बाढी र पहिरोमा परेकाहरुका नागरिकलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गर्न लागिएको छ । बाढी पहिरोमा थुनिएका नागरिकको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरिएको हो ।
गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरुको उद्धारका लागि हेलिकोप्टर उडेको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव हुमकला पाण्डेले बताइन । वर्षातका कारण सुदूरपश्चिमका डोटी डडेलधुरा र कञ्चनपुर बढी प्रभावित भएका छन् ।
महाशाखा प्रमुख पाण्डेका अनुसार डोटी र डडेलधुरामा एक÷एक जनाको मृत्यु भएको छ भने डडेलधुरामा एक जना पुरिएका छन् । केही स्थानमा बाढी र पहिरोका कारण मानिसहरु बीचमा थुनिएको खबर आएको पाण्डेले बताइन । मन्त्री खाणले यी जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र सशस्त्र प्रहरीका प्रमुखलाई टेलिफोन गरी समन्वयात्मक ढंगले उद्धार र राहतको काम तिव्र गतिमा गर्न निर्देशन दिएका छन् ।
त्यस्तै उनले गृहको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख पाण्डेलाई विपदमा परेकाहरुको उद्धार, अस्थायी स्थानान्तरणको कार्य तत्काल अघि बढाउन निर्देशन दिएका छन् । गृहमन्त्री खाणले बाढी र पहिरो र डुबान प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई टेलिफोनबाट जानकारी समेत लिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
उपप्रधानमन्त्री रघुवीर महासेठको सम्पत्ति दुई वटा घरसहित २ करोड नगद, ४३ तोला सुन
जेठ ८, २०८१ मंगलबार
मन्त्रिपरिषदका कुन सदस्यको कति सम्पति ?
जेठ ८, २०८१ मंगलबार
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आईपीभी’ खोप लगाइने
जेठ ८, २०८१ मंगलबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
राष्ट्रपति रायसीको अन्त्येष्टि समारोह सुरु
जेठ ८, २०८१ मंगलबार