टिनएजर्स लभस्टोरी ‘कृत काव्या’ बनाउँदै आकाश र उमा
नेपालबहस संवाददाता
कात्तिक २, २०७८ मंगलबार २०:४:२१
२ कात्तिक, काठमाडौं । निर्देशक आकाश अधिकारीले निर्माता उमा गिरी (बेबी) सँगको सहकार्यमा ‘कृत काव्या’ नामक चलचित्र निर्माण गर्ने भएका छन् । अधिकारीले दसैंको अवसर पारेर फेसबुकमार्फत चलचित्रको थीम पोस्टरसमेत सार्वजनिक गरेका छुन् । पोस्टरमा आकाश(उमाको प्रस्तुति लेखिएको छ ।
यसअघि ‘इशारा’ र ‘कहीँ कतै’ नामक फिल्म निर्माण गरेकी उमा ‘कृत काव्या’ मा पनि निर्मात्री छिन् । अभिनेत्रीका रूपमा समेत रहेकी उमाले आफूले अभिनय गरेका अधिकांश चलचित्रमा लगानी गरेकी छिन् । यो चलचित्रमा पनि उनी महत्वपूर्ण भूमिकामा रहने बताइएको छ ।
निर्देशक आकाशले केही महिनाअघि उमालाई एउटा म्युजिक भिडियोमा अभिनय गराएका थिए । त्यतिबेलादेखि नै उनीहरूबीच चलचित्र निर्माण प्रक्रिया अघि बढेको बताइन्छ ।
निर्देशक अधिकारीले यो चलचित्रलाई टिनएजर्स लभस्टोरीका रूपमा व्याख्या गरेका छन् । उनी स्वयंको लेखन रहेको फिल्मका कलाकारको भने टुंगो लागेको छैन ।
नेपाली र हिन्दी भाषामा निर्माण गर्न लागिएको चलचित्रको केही दृश्य भारतको सिक्किममा हुनेछ । निर्मात्री उमा भारतीय भएकाले उनले निर्माण गर्ने सबै फिल्म सिक्किमतिर खिच्ने गरिएको छ ।
सिक्किम सरकारले पर्यटन तथा संस्कृतिको जगेर्ना भन्दै त्यहाँ छायांकन गर्ने चलचित्रलाई अनुदान रकम उपलब्ध गराउने गरेको छ । सोही कारण पनि उमाले आफ्नो चलचित्रका केही दृश्य तथा कलाकार सिक्किमतिरबाटै लिने गरेकी छिन् ।
निर्देशक अधिकारीले गत वर्ष सौगात मल्ललाई लिएर एउटा चलचित्र निर्माण गर्न लागेको घोषणा गरेका थिए । तर सो चलचित्रको छायांकन सुरु हुने कुनै तयारी नभएको बताइन्छ ।
‘कृत काव्या’ मा उमाका साथमा उनकी छोरी शिवानी गिरीले पनि अभिनय गर्ने जानकारी प्राप्त भएको छ । शिवानीले ‘कहीँ कतै’ फिल्मबाट फिल्ममा डेब्यु गरेकी हुन् । चलचित्रको छायांकन तिहारपछि थालिने निर्देशक अधिकारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार