सोमबार रातिदेखि बाढीमा फसेका चारजनाको सकुशल उद्धार
नेपालबहस संवाददाता
कात्तिक २, २०७८ मंगलबार २१:३६:५६
२ कार्तिक, नेपालगञ्ज । दुई दिनदेखि लगातार परेको वर्षाका कारण राप्ती नदीमा आएको बाढीमा फसेका चारजनाको सकुशल उद्धार गरिएको छ । बाँकेको डुडुवा गाउँपालिका-४ का चारजना स्थानीय सोमबार बेलुका राप्ती नदीको बीच भागमा वनकरेली टिप्न गएका बेला पानीको सतह बढेपछि रातभर जंगलमै बस्नु परेको थियो ।
स्थानीय बासिन्दा नदीमा फसेको जानकारी पाएपछि पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मंगलबार बिहान ८ बजेर ४० मिनेटमा सकुशल उद्धार गरेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना ब्यवस्थापन अधिकृत रूपन ज्ञवालीले जानकारी दिए ।
‘उनीहरू बाढीमा फसेको हिजो नै जानकारी पाए पनि अँध्यारोका कारण उद्धार गर्न नसिकएकाले बिहानै उद्धार गरिएको हो,’ बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले भने ।
राप्ती नदीमा फसेकामा डुडुवा गाउँपालिका-४ निवासी सोखत नाउ, सब्बिर खाँ, प्रमोद लोनिया र नाजिर खाँ हुन् । राप्तीको बाढीमा फसेका अन्य तीनजना भने सोमबार राति नै पौडी खेलेर नदी तर्न सफल भएको केन्द्रले जनाएको छ । बाढीमा फसेका चारैजनाले रूखमा चढेर रात बिताएका थिए ।
अविरल वर्षातका कारण राप्ती नदीमा पानीको सतह बढ्दै गएको छ । कुसुमस्थित बाढी मापन केन्द्रमा मंगलबार बिहान गरिएको मापनअनुसार राप्ती नदीको सतह ३ मिटर ४० सेन्टिमिटर पुगेको थयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार