सिटी एक्सप्रेसले पाँच जनालाई एक–एक लाख दिने
नेपालबहस संवाददाता
कात्तिक २, २०७८ मंगलबार २२:४८:२१
२ कार्तिक, काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “सिटी आयो लखपति बनायो” योजना अन्तर्गत पहिलो महिनाको पाँच भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ । सोही योजना अन्तर्गत ५ जनाले जनही रु १ लाख जित्न सफल भएको सिटी एक्सप्रेसको ब्राण्ड तथा प्रोमोशन प्रमुख अनिता आचार्यले जानकारी दिएकी छिन् ।
कम्पनीले विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा जापानबाट रेमिटान्स पठाउने अन्जु घले, साउदीबाट यमलाल भुसाल, कुवेतबाट मीनकुमार श्रेष्ठ र जानुका चौलागाईं साथै दुबईबाट रेमिटान्स पठाउने उमेश यादव गरी ५ जना लखपति बन्न सफल भएका छन् ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०७८ सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न लगातार ६१ दिनसम्म चल्ने “सिटी आयो लखपति बनायो ” उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो ।
सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई रु १०,००० उपहार प्रदान गरिने साथै हरेक महिना ५ जनालाई रु १–१ लाख गरी २ महिना सम्म १० जना लखपति बन्ने योजनामा रहेको छ ।
कम्पनीका अनुसार “सिटी आयो लखपति बनायो” अफर असोज १ गते देखि कार्तिक ३० गतेसम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई महिनामा २ खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स भित्रियो
असोज २९, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
क्षतिग्रस्त पुल मर्मतपछि नियमित सञ्चालनमा
मंसिर १३, २०८१ बिहिबार
एक कप चियाको एक लाख !
मंसिर १३, २०८१ बिहिबार
काभ्रेमा सुरु भयो कांग्रेसको सयदिने अभियान
मंसिर १३, २०८१ बिहिबार
कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याका मुख्य आरोपी पक्राउ
मंसिर १३, २०८१ बिहिबार