झारफुकको बहानामा जबर्जस्ती करणी गर्ने पक्राउ
नेपालबहस संवाददाता
कात्तिक ३, २०७८ बुधबार १८:४६:२५
◊ सुनिल कार्की
३ कात्तिक, पाल्पा । पाल्पा सदरमुकाम तानसेन बजारमा झारफुक गर्ने बहानामा महिलालाई जबर्जस्ती करणी गर्ने एक पुरुष पक्राउ परेका छन् ।
तानसेन नगरपालिका(३, भगवती टोलमा बसेर झारफुक गर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका-१० खैरेनीका ३२ वर्षीय केदार रनपाललाई प्रहरीले पक्राउ गरेको हो ।
रनपालले सोमबार राति साढे १० बजे ३० वर्षकी महिलाको कोठामा गएर झारफुक गर्ने बहानामा जबर्जस्ती करणी गरेका थिए । पीडित महिलाले छिमेकीलाई जानकारी गराएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
रनपाललाई मंगलबार बिहान २ बजेतिर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । आरोपितलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
सप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार