इनारमा डुबेर मृत्यु भएको प्रकरणमा तीन युवक पक्राउ
नेपालबहस संवाददाता
कात्तिक ३, २०७८ बुधबार २१:५८:२
३ कात्तिक, लहान । झिझिया नाच हेर्न गएका एक युवकको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
दसँैंको अवसरमा गत शुक्रबार आयोजित झिझिया नाँच हेर्न गएका सिरहाको गोलबजार नगरपालिका–८ भाइजिटोलका १७ वर्षीय सत्रुधन महतोको सिरहाकै नरहा गाउँपालिका–३ नयाँ चोहर्वाको इनारमा डुबेको अवस्थामा शव फेला परेको थियो । सो घटनामा संलग्न रहेको आरोपमा ती युवकका तीन जना साथीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेकाले पक्राउ परेकाको नाम प्रहरीले गोप्य राखेको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको र दसशैंको कारण अदालत बन्द रहेकाले केही प्रक्रिया पुर्याउनुपर्ने र अनुसन्धान अधुरो रहेकाले नाम सार्वजनिक गर्न नसकिने इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
गत शुक्रबार राति झिझिया नाचमा युवाको दुई समूहबीच झडप हुँदा भागदौड मच्चिदा नजिकै रहेको इनारमा चारै जना झरेका थिए । तत्काल प्रहरी र स्थानीयवासीले तीन जनाको उद्धार गरेपनि महतो भने इनारमै डुबेका थिए । गाउँकै जनता नमूना माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययरत महतोको शव गत शनिबार बिहान मात्र स्थानीयवासीले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
सप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार