गाउँ गाउँमा प्रविधिको विस्तार गर्दै वालिङ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक ४, २०७८ बिहिबार १३:२१:०
![](https://nepalbahas.prixacdn.net/media/albums/internet_5pY19JvkQ4.jpg)
तोलाकान्त बगाले
१ कार्तिक, वालिङ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले गाउँ गाउँमा प्रविधिको विस्तारलाई जोड दिएको छ । स्मार्ट सिटी निर्माणका लागि नगरले तयार पारेको १०६ वटा सूचकहरुमध्ये ‘कनेक्टिभिटी’ एउटा सूचक रहेकाले सोही अन्तर्गत नागरिकहरुमाझ प्रविधिको पहुँच विस्तार गर्ने लक्ष्य अनुसार कार्य भईरहेको नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए ।
“विश्व समुदायले आधुनिक प्रविधिहरुको उच्चतम प्रयोगबाटै नयाँ नयाँ आविष्कारहरु गर्दै अगाडि बढिरहेका छन्” प्रमुख खाँणले भने, “स्मार्ट सिटी निर्माणका लागि पनि नयाँ नयाँ प्रविधिहरुको प्रयोगबाटै सेवा प्रवाह हुनु आवश्यक रहेको छ ।”
नगरपालिकाका १४ वटा वडाहरुमध्ये पहिलो चरणमा नगरपालिका कार्यालय, वडा कार्यालयहरु र नगरका १७ वटा स्वास्थ्य संस्थाहरुमा फाईबर ईन्टरनेट विस्तार गरिसकेको प्रमुख खाँणले बताए । दोस्रो चरणमा नगरका सम्पूर्ण विद्यालयहरु, सरकारी संघ संस्था तथा कार्यालयहरु र तेस्रो चरणमा १४ वटै वडाका ३१० वटा गाउँ गाउँमा इन्टरनेटको सहज पहुँच पु¥याउने गरी काम भईरहेको छ ।
“वडा कार्यालयहरु, सरकारी कार्यालयहरु, स्वास्थ्य संघ संस्थाहरु, विद्यालयहरुमा फाईबर इन्टरनेट जडान गरेर प्रविधिमैत्री सेवा उपलब्ध गराउने कार्य भईरहेको छ” प्रमुख खाँणले भने, “प्रविधिको प्रयोगमार्फत कार्यालयहरुले सेवा उपलब्ध गराउने र सेवाग्राहीले विभिन्न एप्स तथा डिजिटलमाध्यमबाट सेवा शुल्क भुक्तानी गर्ने सफ्टवयरको विकास गरेका छौं जसले सेवाग्राहीलाई सेवा लिन कार्यालयमा आईरहनुपर्ने झण्झट पनि हुँदैन ।”
नगरका १४ वटै वडामा नेपाल टेलिकमको ‘फाईबर लिज लाईन कनेक्टिभिटी’ जडान गरिसकिएको छ भने वल्र्डलिंक कम्पनीको लाईन पनि जडान गरिएको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख ईञ्जिनियर प्रकाश अर्यालले बताए ।
“नगरभित्रका १७ वटा मावि तहका सामुदायिक विद्यालय, १७ वटा स्वास्थ्य संस्थाहरु र सरकारी संघ संस्था तथा कार्यालयहरुमा वल्र्डलिंकको फाईबर इन्टरनेट जडान सम्पन्न भईसकेको छ” ई. अर्यालले भने, “अब ५६ वटा सामुदायिक आधारभूत विद्यालयहरुमा इन्टरनेट विस्तारका लागि काम भईरहेकाले तिहार लगत्तै सकिन्छ ।”
वल्र्डलिंकले सबै कार्यालय तथा विद्यालयहरुमा १० एमबिपिएस क्षमताको इन्टरनेट दुई वर्षसम्म निशुल्करुपमा उपलब्ध गराउने सम्झौता भएको ई. अर्यालले जानकारी दिए । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको नगरपालिकाले कागजी प्रक्रियाहरुलाई कम गर्दै विस्तारै ‘पेपरलेस’ पद्धतिमार्फत सेवा लिन नागरिकहरुलाई अभिप्रेरित गर्न खोजेको छ ।
डिजिटल पद्धतिमार्फत नागरिकहरुलाई सेवा उपलब्ध गराउनकालागि जनप्रतिनिधि तथा कर्मचारीहरुलाई ‘विद्युतीय हाजिरी’ का लागि क्रिप्टो टोकन समेत उपलब्ध गराईसकेको छ । वालिङका नागरिकलाई कार्यालयमा उपस्थित नभएरै पनि सेवा लिन पाउने र डिजिटल माध्यमबाटै भुक्तानी गर्न मिल्ने ब्यवस्था मिलाएको छ । नगरपालिकाले प्रदान गर्ने सेवाकाबारेमा नागरिकलाई जानकारी गराउनुकासाथै टोल टोलमा निशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने नीति तथा कार्यक्रम अगाडि सारेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्चको पत्रपछि सांसद देवकोटाले पाए बैठकमा प्रवेश
असार १४, २०८१ शुक्रबार
सर्वोच्चको आदेश विपरित प्रदेश सभाको ढोकामै रोकिए गण्डकीका सांसद देवकोटा
असार १३, २०८१ बिहिबार
भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान
असार १२, २०८१ बुधबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
गुल्मीमा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु
असार १५, २०८१ शनिबार
स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु
असार १५, २०८१ शनिबार
युरोकपको नकआउटमा जर्मनी र डेनमार्क खेल्दै
असार १५, २०८१ शनिबार
शरीरलाई चलायमान नबनाए हुन सक्छ हृदयघात, मधुमेह र स्तन क्यान्सर जस्ता रोग !
असार १५, २०८१ शनिबार
पराग्वेमाथि ब्राजिलको फराकिलो जित
असार १५, २०८१ शनिबार
कोलोम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १५, २०८१ शनिबार