जुवाखालबाट पक्राउ परेका वडाअध्यक्ष छुटे
नेपालबहस संवाददाता
कात्तिक ५, २०७८ शुक्रबार १८:४७:२
५ कात्तिक, डडेल्धुरा । डडेल्धुरामा जुवाखालबाट एक जना वडाअध्यक्षसहित २२ जना पक्राउ परेका थिए । ३ कात्तिक बुधबार राति प्रहरीले जुवाखालबाट अमरगढी नगरपालिका–६ का वडाअध्यक्ष गोविन्द भट्टसहित २२ जनालाई पक्राउ गरेको थियो । अमरगढी नगरपालिका–५ जिलोडास्थित पदमराज ओझाको घरबाट तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको डडेल्धुरा प्रहरीले जनाएको छ।
ओझाको घरमा जुवातास खेलिरहेको भन्ने सूचाना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार नौ सय ६० रुपैयाँ र चार बुक ताससहित पक्राउ गरेको थियो।
प्रहरी प्रधान कार्यालयले बिहीबार पक्राउ परेका २२ जनामध्ये अमरगढी नगरपालिका–४ का ५० वर्षीय ईन्द्रबहादुर थापाको नाम मात्रै सार्वजनिक गरेको थियो। तर प्रहरीको चर्को आलोचनापछि प्रहरीले बाँकीको पनि नाम सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा ईन्द्रबहादुर थापा, गगन सिंह ढाँट, गोविन्द भट्ट, विक्रम ओझा, घनश्याम गिरी, उमेश महर, भीमबहादुर महर, नरेन्द्र ओली, यज्ञराज अवस्थी, डम्बर ओझा, सुरेश साउँद, महेश जोशी, ईश्वर भट्ट, वीरबहादुर सार्की, भीम ऐर, लोकराज अवस्थी, नरेश महरा, राजेन्द्रप्रसाद पाठक, राजेन्द्र ओझा, दानबहादुर ओली, केशव कुँवर र राम खड्का रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजेन्द्र चन्दले बताए।
प्रहरीले उनीहरूमध्ये केहीलाई तारेखमा छाडेको जनाएको छ। जसमध्ये अमरगढी नगरपालिका–६ का वडाअध्यक्ष गोविन्द भट्ट पनि रहेका छन् । भट्टलाई पहुँचको भरमा छोडेको स्थानीयले आरोप लगाएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
सप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार