६ महिनापछि सप्तरीबासीले बाटोघाटोको समस्या भोग्नु पर्दैनः मन्त्री यादव
नेपालबहस संवाददाता
कात्तिक ५, २०७८ शुक्रबार २०:३:५३
५ असोज, सप्तरी । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले सप्तरीमा वर्षैदेखि अलपत्र रहेका बाटोघाटो निर्माणलाई प्राथमिकता दिने बताएकी छिन् । नेपालको पहिलो ‘टाउन प्लानिङ’ सहर राजविराजसहित जिल्लाका सबै ठाउँमा बाटोघाटो निर्माण सहज नहुँदा सर्वसाधारणले समस्या भोगिरहेका छन् ।
सर्वसाधारणको दैनिकीप्रति चिन्तित बन्दै अब छिटोभन्दा छिटो सडक निर्माणका गतिविधि बढाउने मन्त्री यादवको भनाइ छ । उनले भनिन्, ‘म पनि यहाँकै हुँ, मैले पनि यही बाटो हिड्नु पर्छ, पहिले १० मिनेटमा १० किलोमिटर पुग्न सकिने ठाउँ पुग्न अहिले एक घण्टा लाग्छ । पहिले पदमा थिइन । अहिले पदमा छु । बाटोघाटो निर्माणमा कुनै सम्झौता हुँदैन ।’ उनले बाटोघाटो निर्माणमा समस्या आउनुमा टेन्डर प्रक्रिया र ठेकेदारको लापरबाही पनि एक कारण रहको बताइन । उनले थपिन्, ‘मैले ठेकेदारहरूसँग कुरा गरेको छु । अब छिटो निर्माण सक्न निर्देशन दिएकी छु ।’ मन्त्री यादवले ६ महिनाभित्र सप्तरीको बाटोको कायापलट गरेर सप्तरीवासी राहत दिने योजनामा रहेको बताइन । उनले भनिन्, ‘६ महिनापछि सप्तरीबासीले बाटोघाटोको कारण समस्या भोग्नु पर्दैन ।’ नेपालको हरेक ठाउँको जिम्मेवारी मेरो काँधमा भए पनि बिदाको सदुपयोग गर्दै जिल्लाको बाटोघाटोसहित मेरो मातहतमा भएको गतिविधि अगाडी बढाएकी छु ।’
सबै नेताले गर्छ भन्नु भन्दा पनि सबैले आआफ्नो जिम्मेवार पूरा गर्न सके कुनै पनि क्षेत्रमा विकृति र समस्या नरहने तर्क मन्त्री यादवको छ । हुलाकी सडक निर्माणमा धेरै ठाउँ अदालतको स्टेअर्डरले रोकिएको जानकारी दिँदै मन्त्री यादवले थपिन्, ‘काम भएको ठाउँमा पनि गुणस्तरहीन छ । जति चौडा सडक हुनुपर्ने हो त्यति छैन ।’ स्टेअर्डर नभएको ठाउँमा गुणस्तरी काम गर्न निर्देशन दिएको बताइन ।
जिल्लाका छात्रावासहरू निर्धारित समयमा निर्माण हुन नसकेपछि नेपालस्थित भारतीय राजदुतावासले सप्तरीलाई कालोसूचीमा राखेको छ । उनले अब चाडै नै छात्रावास निर्माण सकेर सूचीबाट हट्नु पर्ने मन्त्री यादवको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार