चार वर्षमा एकै वडामा १२ जनाले गरे आत्महत्या
नेपालबहस संवाददाता
कात्तिक ७, २०७८ आइतबार १६:५४:४६
९ कात्तिक, खोटाङ । रावाबेँसी गाउँपालिका–६ हौंचुरमा चार वर्षमा १२ जनाले आत्महत्या गरेका छन् । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनयता गाउँमा, काठमाडौं र विदेशमा गरी १२ जनाले आत्महत्या गरेको हौंचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले बताए ।
६ कात्तिक ९शनिबार० हौंचुरस्थित जनता आधारभूत विद्यालयमा निजी स्रोतमा कार्यरत २७ वर्षीय शिक्षिका कृष्णा श्रेष्ठ गोठमा झुन्डिएको अवस्थामा भेटिएकी छन् । श्रेष्ठका श्रीमान् एक साताअघि मात्र विदेशबाट घर आइपुगेका थिए । श्रेष्ठ दम्पतीका चार वर्षकी छोरी छन् ।
हालसम्म हौंचुरका ११ जना झुन्डिएको र एकजना विष सेवन गरेको अवस्थामा मृत भेटिएको वडाध्यक्ष श्रेष्ठले बताए । त्यसमध्ये गाउँमा १० जना, मलेसियामा एकजना र काठमाडौंमा एकजना मृत फेला परेको जनाइएको छ ।
‘एउटै वडामा यति धेरै संख्यामा आत्महत्या भइरहेको घटनाले हामीलाई झस्काइरहेको छ,’ श्रेष्ठले भने, ‘खास कारण त थाहा छैन, तर पारिवारिक समस्या, गरिबी, मायाप्रेममा आएको समस्याले यस्ता घटना भएको हुनसक्ने अनुमान छ । यसको कारण खोजीमा लाग्ने छौँ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
सप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार