वालुङ समुदायको फुटुक पर्वको तयारी पूरा
नेपालबहस संवाददाता
कात्तिक ७, २०७८ आइतबार २०:१९:१०
७ कात्तिक, ताप्लेजुङ । ताप्लेजुङमा सीमान्तकृत वालुङ समुदायले मनाउने साँस्कृतिक पर्व फुटुकको तयारी पूरा भएको छ । फुटुक पर्व वालुङ समुदायले दसैंको कोजाग्रत पूर्णिमाको पञ्चमी तिथिदेखि तिहारको औंसी (लक्ष्मीपूजा) सम्म मानाउँने गर्छ ।
वालुङ ९भोटे० समुदाय चीनसँगको सीमावर्ती ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा मात्र बसोबास गर्दै आएका छन् । यो वर्ष कोरोना संक्रमणको जोखिम न्युन भएकाले फुटुक पर्व भव्यसँग मनाउन लागेको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन भोटे ९वालुङ० ले जानकारी दिए ।
करिब १० दिनसम्म मनाइने पर्वमा सहभागी हुन पाहुनाहरू आउन थालेको वडाध्यक्ष भोटेले जानकारी दिए । उनका अनुसार फुटुक पर्वलाई विधिगत रुपमा सञ्चालन गर्न भारतको दार्जिलिङदेखि लामाहरू शनिबार ओलाङ्चुङगाला आइपुगिसकेका छन् । स्थानीय याङ्मा नुर्पु शेर्पाका अनुसार पर्वको अवधिभर हरेक दिन मध्यरातीदेखि लामाले पूजा पाठ गर्छन् भने देव नृत्यसमेत हुन्छ । निरन्तर आगोमा घ्यू र तेल जलाउँदै पूजापाठ गर्ने गरिन्छ भने आगोमा बालेको घ्यु र तेलको धुँवा (राप) ले गुम्बाको धुरी नाघेमा शुभ हुने विश्वास छ ।
फुटुक पर्वको पछिल्लो चार दिनलाई विशेष दिनका रुपमा लिइन्छ । अन्तिम रातमा पनि देवनृत्य ९देवता नाच० गरी वर्वको समापन गरिने स्थानीयको भनाइ छ ।
पर्वमा सहभागी लामाहरूले देवता र राक्षसको मुखुन्डो लगाएर देवता तथा राक्षसबीचको युद्धको अभिनय गरी नृत्य देखाउँछन् । फुटुक पर्वमा लामाको नृत्य हेर्न र भगवानको आशिर्वाद ग्रहण गर्न स्थानीयका साथै बाहिरबाट समेत गुम्बामा पाहुना आउने गर्छन । ओलाङ्चुङगोलामा साढे चार सय वर्ष पूरानो ऐतिहासिक दिकिछ्योलिङ गुम्बा रहेको छ । गतवर्ष कोरोना महामारीका कारण फुटुक पर्व सामान्य रुपमा मनाइएको थियो । उत्तरी नाका बन्द भएकाले चीनको स्वशासित क्षेत्र तिब्बतबाट समेत पाहुना आउन सकेका थिएनन् । यो वर्ष फुटुकमा भारतको सिक्किम, दार्जिलिङ र नेपालका विभिन्न ठाउँमा बसोबास गर्दै आएका वालुङ र आफ्ना आफन्त, नातेदार पाहुना सहभागी हुने स्थानीय बताउँछन् ।
सीमान्तकृत समुदायको मौलिक पर्व जगेर्नाबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा राखेर आर्थिक सहयोग गर्दै आएको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङ लिम्बूले बताए । समुद्र सतहदेखि तीन हजार दुई सय मिटर उचाई रहेको हिमाली बस्ती ओलाङ्चुङगोलामा एक मात्र जाति वालुङ समुदायको बसोबास छ । ओलाङ्चुङगोलामा हाल वालुङहरू ५२ घरपरिवार बसोबास गर्दै आएका छन् । ओलाङ्चुङगोलाकै साविक वडा नम्बर ९ जिल्लाकै उच्च बस्ती याङ्मा ९४,२०० मिटर० मा ११ परिवार बसोबास गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार