बागलुङका ८५ मध्ये ७१ वडामा एमालेको नयाँ नेतृत्व
नेपालबहस संवाददाता
कात्तिक ७, २०७८ आइतबार २१:३९:२
७ कार्तिक, बागलुङ । नेकपा ‘एमाले’ ले बागलुङको ८५ मध्ये ७१ वडामा नयाँ नेतृत्व चयन गरेको छ । देशव्यापी रुपमा शनिबारदेखि एकै साथ सुरु भएको अधिवेशनले आगामी पाँच बर्षको लागि वडा कमिटिको नेतृत्य चयन गरेको हो ।
स्थानीय तह निर्माण भएपछि वडा अधिवेशन पहिलो पटक भएको हो । एमाले जिल्ला कमिटी उपाध्यक्ष कृष्ण पाठकका अनुसार निसीखोला गाउँपालिकाको वडा नम्बर १, ढोरपाटन नगरपालिकाको वडा नम्बर ९ र १०, जैमिनी नगरपालिकाको ६, बरेङ गाउँपालिकाको वडा नम्बर २, ३, ४ र ५, तमानखोला गाउँपालिकाको ६ वटै वडामा अधिवेशन भएको छैन ।
तयारी पुरा नभएको हुँदा तत्काललाई समस्या भएको पाठकले बताए । अधिवेशन सुरु भएको सबै वडाका सकिएपछि बाँकी वडामा एकै साथ नेतृत्व चयन गर्ने पाठकको भनाइ छ । एमाले वडा कमिटिको नेतृत्वमा धेरैजसो पाको पुस्ताका नेता चुनिएका छन् ।
अब ९ कात्तिकमा सबै पालिकास्तरमा अधिवेशन हुनेछ । एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीको यही ११ कात्तिकमा स्थायी कमिटी र १२ कात्तिकमा केन्द्रीय कमिटिको बैठक बोलाएको छ ।
आगामी १० देखि १२ मंसिरसम्म एमालेको दसौं महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ । चैत ०७७ मसान्तसम्म पार्टी सदस्य भएकाहरू महाधिवेशन प्रतिनिधि बन्न योग्य हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार