पोर्न भिडियोको नक्कल गरेर यौनजन्य गतिविधि देखाउन नमानेपछि भारतीय किशोरले गरे बालिकाको हत्या
नेपालबहस संवाददाता
कात्तिक ९, २०७८ मंगलबार १८:८:११
९ कार्तिक, आसाम । भारतको उत्तरी आसाममा यौन कूलतमा फँसेका दुई किशोर पक्राउ परेका छन् । पोर्न भिडियोको नक्कल गरेर यौनजन्य गतिविधि नगरेको भन्दै एक बालिकालाई ढुंगाले हानेर हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुले आफ्ना अभिभावकको फोनबाट पोर्न फिल्म हेरेपछि बालिकालाई दुव्र्यबहार गरेका थिए । आक्रमणकारी बालिकाका छिमेकी रहेको बुझिएको छ ।
अभिभावकको फोनबाट अनलाईन कक्षा लिने क्रममा ती किशोरहरु ‘पोर्न एडिक्ट’ बनेका थिए । अनलाईन कक्षामा यौनजन्य क्रियाकलाप हेरेपछि उनीहरुमा त्यसको कूलत बसेको थियो ।
पोर्न फिल्मको भिडियो नक्कल गरेर यौन आनन्द दिन किशोरहरुले ती बालिकालाई दबाब दिएका थिए । बालिकाले अस्वीकार गरेपछि उनीहरुले ढुंगाले हानेका थिए ।
आक्रमणपछि अचेत बनेकी उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । एक साताअघि भएको सो आक्रमणका दोषीलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरुसँगै अर्का एक किशोर पनि पक्राउ परेका छन् । उनले दुबै जनालाई आक्रमणको दुरुत्साहन गरेका थिए ।
इन्डो एशिया न्युज सर्भिस (आइएएनएस) ले गरेको एक अध्ययनमा भारत स्मार्टफोनमार्फत हुने विश्वकै ठूलो यौन बजार हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
सप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार