खानेपानीको मुहानमाथि ल्यान्डफिल साइट सार्ने पोखराको निर्णय
नेपालबहस संवाददाता
कात्तिक ९, २०७८ मंगलबार १९:४३:४९
९ कार्तिक, पोखरा । पोखरा महानगरपालिकाले हालको ल्यान्डफिल साइट सार्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको उडान रुटमा अहिलेको ल्यान्डफिल साइट छ । त्यसैले विमान उडाउनुअघि ल्यान्डफिल सार्नुपर्ने पहिलो सर्त छ ।
त्यहाँ चराचुरुंगीसँग जहाज ठोकिन सक्ने सम्भावना देखेर विमानस्थल निर्माण आयोजनाले पटक पटक महानगरलाई पत्र लेखेर ल्यान्डफिल सारिदिन आग्रह गरेको छ । पत्राचार गरेको दुई वर्षपछि बल्ल ल्यान्डफिल सार्ने निर्णय महानगरले गरेको छ । ५२औं कार्यपालिका बैठकले पोखरा महानगरपालिका वडा नम्बर १६ र २० को पश्मराङमा ल्यान्डफिल साइट सार्ने निर्णय गरेको हो ।
जग्गाको खोजी गर्न वडा नम्बर १६ का अध्यक्ष जीवनप्रसाद आचार्यको संयोजकत्वमा कार्यदल गठन भएको थियो । उक्त समितिले दिएको सिफारिसकै आधारमा जग्गा छनोट गरिएको हो । कार्यपालिका बैठकले साईट निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । ‘उक्त क्षेत्रका स्थानीय वासिन्दाहरु एवं सरोकारवालाहरु संग समन्वय गर्न सहजीकरण समिति गठन भएको छ । केहि चित्त नबुझेका कुरा भए समितिले समन्वय गर्नेछ,’ महानगरका प्रवक्ता धनबहादुर नेपालीले भने, ‘यो भन्दा उपयुक्त जग्गा अन्त भेटिएन । यो राम्रो ठाउँ छ । धेरै समस्या पनि आउँदैन ।’
तर स्थानीय र जनप्रतिनिधिहरूले भने खानेपानीको मुहानमाथि ल्यान्डफिल सार्न नहुने भन्दै विरोध गरेका छन् । ‘त्यहाँ ६ भन्दा बढी मुहान छ । काहुँ र भलाम क्षेत्रका नागरिकले यहीँको पानी पिउँछन्,’ वडाध्यक्ष सीम गुरुङले भने, ‘त्यस्तो ठाउँमा ल्यान्डफिल सार्नु राम्रो होइन । अझ हामीसँग एकपटक सोधेको पनि छैन ।’
महानगरले भने पानीको व्यवस्था अन्यत्रबाट गर्ने बताएको छ । ‘ल्यान्डफिल बनाएपछि पानीको श्रोत त्यो भन्दा माथि खोजिन्छ । खानेपानी नै नदिने हाम्रो नियत होइन,’ प्रवक्ता नेपालीले भने, ‘खानेपानी महानगरले व्यवस्था गर्छ । त्यहाँ पुग्ने सडक सन्जाल पनि राम्रो बनाउँछौं ।’
स्थानीयसँग समन्वय गर्न वडा नम्बर १९ का अध्यक्ष शोभामोहन पौडेलको संयोजकत्वमा ९ का वडाध्यक्ष रामराज लामिछाने, १३ का अध्यक्ष लेखबहादुर तामाङ, ११ का अध्यक्ष मोहनप्रसाद बास्तोला सदस्य रहेको समिति बनेको छ । समितिमा सम्बन्धित वडा २० नम्बरका अध्यक्ष सीम गुरुङ र १६ का अध्यक्ष जीवन आचार्य आमन्त्रित सदस्य छन् भने सरसफाइ शाखा प्रमुख कल्पना बराल सदस्य सचिव छिन् । समितिले एक साताभित्र समन्वय र सहजीकरण गर्ने छ ।
प्रश्तावित आयोजना कार्यान्वयनको खाका, वातावरण तथा सामाजिक प्रभावको न्युनिकरण र स्थानीइ चासो सम्बोधनका विकल्प खोजी गर्ने छ । समितिले प्रतिवेदन दिएपछि मात्रै थप कार्यान्वयन अघि बढ्ने कार्यवहाक मेयर मञ्जुदेवी गुरुङले बताइन् ।
जग्गा छनोट भए पनि महानगरको नाममा छैन । उक्त जग्गाको मुआब्जा महानगरले व्यहोर्ने गरी संघ सरकारसँग जग्गा प्राप्तिका लागि अनुरोध गर्ने निर्णय कार्यपालिकाले गरेको छ । त्यहाँको सार्वजनिक र वन क्षेत्र भने निस्शुल्क रुपमा उपलब्ध गराईदिन महानगरले आग्रह गरेको छ । ल्यान्डफिल साइटका लागि करिब तीन सय रोपनीभन्दा बढी जग्गा प्रयोग गर्न मिल्ने खालको रहेको अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार