मार्सी वियर मिस टुरिजम नेपालको बिजेता बनिन् आयुषा बस्नेत
नेपालबहस संवाददाता
कात्तिक १०, २०७८ बुधबार २२:१९:५३
१० कार्तिक, इटहरी । पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्य सहित साहारा ईन्टरटेन्मेन्टको आयोजना गरिएको ‘मार्सी वियर मिस टुरिजम ब्युटी अफ नेपाल-२०२१’ सफलता पुर्वक सम्पन्न भएको छ । सोमबार भएको फाइनल प्रतिष्पर्धामा आयुषा बस्नेतले बिजेताको ताज पहिरिन सफल भएकी छन् ।
उनले बिजेताको ताज सहित १ लाख नगद प्राप्त गरेकी छन् । त्यस्तै फिनालेबाट फर्स्ट रनरअप भावना खनाल र सेकेन्ड रनरअप सबिना पोदार बन्न सफल भएकी छन् । यी २ ले क्रमशः ७५ हजार र ५० हजार नगद पुरस्कार प्राप्त गरिन् ।
बिजेता तथा उप-बिजेताहरु सबैले गीता एभिएसनबाट एयर होस्टेजको निशुल्क तालिम समेत प्राप्त गरेका छन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा गीता एभिएसनका प्रबन्ध निर्देशक तथा सौर्य एयरलाइन्सका क्याप्टेन जनक अधिकारी रहेका थिए । मार्सी वियरले टाईटल स्पोन्सर गरेको यो प्याजेन्टको ग्रान्ड फिनालेमा १५ जना प्रतिष्पर्धी अन्तिम प्रतिष्पर्धामा थिए ।
यस्तै प्रतियोगितामा सब टाईटलहरु पनि वितरण गरिएको थियो । जस अन्तर्गत सोफ्टी मिस ट्यालेन्ट बिन्जु राजधामी, गीता एभिएसन मिस फोटोजेनिक निकिता धमलाले हात पारिन् ।
त्यसैगरि मार्सी मिस क्विन अफ पिपुल च्वाइस, मिस फ्रेन्ड्सिप र मिस बेस्ट क्याटवाकको सब टाईटल त्रीसा लिम्बुले हात पार्दा सुप्रीया राईले मेटस मिस लेडि अफ ब्रीलियन्सी, निलम श्रेष्ठले बराह मिस चार्मिङ, एलिना राईले सौर्य मिस पर्सनालिटी र तेजमाया तामाङले अजोड मिस ग्यालमरस लुकको अवार्ड हात पारे ।
धरानमा संचालनमा आएको नया बराह डिपार्टमेन्टको भवनमा फाईनल कार्यक्रम आयोजना गरिएको थियो । उक्त ब्युटी प्याजेन्टलाई गीता एभियसनको प्रस्तुतिमा सोफ्टीद्वारा संचालन गरिएको हो भने सौर्य एयरलाइन्सको सहयोगमा बराह ग्रुपले ल्याएको हो ।
१५ प्रतिष्पर्धीबाट उत्कृष्ट १० हुँदै उत्कृष्ट ५ बाट बिजेता छनौट गरिएको हो । फाईनल निर्णायकको रुपमा अरुण प्रधान, नवीन मेन्याङ्बो, चन्द्रीका मोते नेहा बजाज, डा. एनएल राजबन्शी, डोरेन्द्र लाल दाहाल, पवन अधिकारी, सुरेश राई रहेका थिए भने प्रमुख निर्णायकमा क्याप्टेन अनुप थापा रहेका थिए । प्रतिष्पर्धीहरुलाई विभिन्न तालिमहरु गराईएको थियो भने मिस लुमियर इन्टरनेसनल वर्ल्डमा मिस ग्ल्यामर अवार्ड जित्न सफल भएकी तथा मिस पुर्वान्चल २०१७ कि फर्स्ट रनरअप सिम्रन श्रेष्ठले कोरियोग्राफी गराएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार