प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिले मानार्थ महारथीबाट सम्मान गर्ने
नेपालबहस संवाददाता
कात्तिक ११, २०७८ शुक्रबार २:३३:४२
११ कार्तिक, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा चार दिवसीय भारत भ्रमणमा जाने भएका छन् । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवानेको निमन्त्रणमा सेनापति शर्मा २३ कात्तिकमा भारत भ्रमणमा जाँदैछन् ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानसेनापति शर्माको नेृतत्वमा भारत भ्रमण दल टोलीलाई स्वीकृति दिने निर्णय गरिसकेको छ ।
भारतीयस्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी चिह्न ग्रहण गर्न प्रधानसेनापति शर्मा भारत जान लागेका हुन् । नेपाल र भारतका सेना प्रमुखलाई कदरस्वरूप एकअर्काको मानार्थ महारथीबाट सम्मान गर्न प्रचलन छ ।
प्रधानसेनापति शर्मालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले मानार्थ महारथीबाट सम्मान गर्ने कार्यक्रम नेपाली सेनाले जनाएको छ । यसअघि भारतका स्थल सेनाध्यक्ष नरवानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी प्रदान गरेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार