इनास अध्यक्षमा पुनः पुष्प बरुवाल निर्वाचित
नेपालबहस संवाददाता
कात्तिक १४, २०७८ आइतबार २२:१९:४७
१४ कार्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को चौथो महाधिवेशनबाट ग्लोबल अध्यक्षमा पुष्प बरुवाल सर्वसम्मत पुनः निर्वाचित भएका छन् ।
काठमाडौंमा सम्पन्न भएको महाधिवेशनले नयाँ कार्यसमितिसँगै महादेशीय (क्षेत्रीय), राष्ट्रिय र राज्य समितिका संयोजक र सहसंयोजक र पदाधिकारीहरूलाई नयाँ कार्यकालका लागि जिम्मेवारी दिएको हो । महाधिवेशनमा नयाँ कार्यसमिति चयनसँगै नेपाली फिल्ममा योगदान पुर्याउने कलाकारहरू शिव श्रेष्ठ, भुवन केसी, सरोज खनाल, गौरी मल्ल, करिश्मा मानन्धर र संगीतकार शम्भुजीत बासकोटालाई ुइनास विशिष्ट कलाकारिता सम्मानु द्वारा सम्मान गरियो ।
सोही अवसरमा इनासद्वारा आयोजित दोस्रो अनलाइन नृत्य एवम् गायन प्रतियोगिताका विजयीलाई नगद क्रमशः एक लाख, ५० हजार, २५ हजार र ट्रफीसहित पुरस्कृत गरियो ।
नेपाली कला, सस्कृति, भाषा, साहित्यको उत्थान र प्रवर्धनका साथै नेपाली फिल्मको विश्वव्यापी बजार विस्तारमा क्रियाशील इनासले नेपालमा परेको विपतिमा गरेका विभिन्न सामाजिक कार्यहरूको भिडियोसमेत प्रस्तुत गरिएको कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल , एनआरएनका अध्यक्ष कुमार पन्त, कलाकर्मी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार