निर्माता सुरक्षित रहने र दर्शक हलसम्म आउने फिल्मको आवश्यक
नेपालबहस संवाददाता
कात्तिक १४, २०७८ आइतबार २३:८:२८
१४ कार्तिक, काठमाडौं । निर्देशक निश्चल बस्नेतले नेपाली फिल्मलाई चलायमान बनाउन आ-आफ्नो स्थानबाट अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् । हालै एक फिल्म हलको उद्घाटन कार्यक्रममा उनले कोरोना महामारीले फिल्म क्षेत्रमा निराश बढेका बेला हलको उद्घाटन हुनु सुखद संकेतको रूपमा लिनुपर्ने बताए ।
‘यो समयमा हल खुल्नु निकै खुसीको कुरा हो, यसले फिल्मी क्षेत्रलाई चलायमान बनाउने मेरो विश्वास छ’, निश्चलले भने ।उनले हल सुरक्षित रहेको संदेश दर्शकमाझ पुगेमा फिल्म क्षेत्र विस्तारै चलायमान बन्ने बताए । उनले यो समयमा फिल्म बनाउँदा दर्शक र बजारलाई हेरेर बनाउनु पर्नेमा जोड दिए ।
‘कोरोना भाइरसको कारणले सिर्जित अवस्थापछि हामीले काम गर्दा दर्शक पनि हलसम्म आउने र निर्माताको लगानी पनि सुरक्षित रहने फिल्म बनाउनुपर्छ’, निश्चलले भने । उनले आफूले पनि फिल्म बनाउने कोसिस गरिरहेको बताए ।
फिल्म प्रदर्शन अन्ततः व्यापार नै भएकोले त्यसतर्फ चनाखो हुनु जरुरी रहेको बताएका उनले भने, ‘हामीलाई कथा मन परेर फिल्म बनाउँछौ र त्यसलाई दर्शकले हेरेर आफ्नो प्रतिक्रिया दिनुहुन्छ । अन्ततः फिल्ममा जोडिने भनेकै विजनेश हो । त्यसैले निर्माता पनि सुरक्षित हुने र दर्शक पनि हलसम्म आउने फिल्मका लागि तयारी गर्नुपर्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार