झट्ट हेर्दा सार्कभिलेज घलेगाउँकै झल्को दिने भलामचौर
नेपालबहस संवाददाता
कात्तिक १४, २०७८ सोमबार २:५२:५८
१४ कार्तिक, लमजुङ । गुचमुच्च परेको सुन्दर गाउँ । काखैमा रहेको मनासलु, डा। हर्कपिकलगायत सुन्दर हिमालका दृश्य । झट्ट हेर्दा सार्कभिलेज घलेगाउँकै झल्को दिन्छ भलामचौरले ।
पर्यटकीय दृष्टिकोणले सुन्दर भएर पनि ओझेलमा परेको लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, सिमपानीको भलामचौर गाउँ अब भने पर्यटकलाई पछ्याउन थालेको छ । जम्मा ६ किलोमिटर मात्रै दुरीमा रहेको घलेगाउँले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमै चर्चा कमाए पनि घलेगाउँकै झल्को दिने भलामचौरमा भने पर्यटन प्रवर्द्धन र व्यवस्थापनमा खासै चासो पुग्न सकेको थिएन ।
पर्यटकीय सम्भावना बोकेको भलामचौरलाई मर्स्याङ्दी गाउँपालिकाले पर्यटकीय गन्तव्यको रूपमा राखेको छ । स्थानीय पनि गाउँमा होमस्टे सञ्चालन गरी पर्यटन प्रवर्द्धन र प्रचार प्रसारमा जुट्न थालेका छन् । सदरमुकाम बेसीशहर हुँदै खुदीको गोपालडाँडाबाट साँढे ५ किलोमिटर दुरीमा पुगिने भलामचौर अन्नपूर्ण पदमार्ग र गुरुङ सम्पदा मार्गमा पनि पर्ने भएकाले पर्यटनको सम्भावना छ । पर्यटनको प्रचुर सम्भावनालाई सम्वृद्धिसँग जोड्न स्थानीयवासी र मर्स्याङ्दी गाउँपालिका लागि परेको छ ।
पर्यटकीय गाउँको रूपमा विकास हुन लागेको भलामचौरका १५ घरमा होमस्टे सञ्चालन भइसकेको भलामचौर होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष लुकुमारी गुरुङ बताउँछन् । ुगाउँ आउने पर्यटकले स्थानीय संस्कृति, प्राकृतिक मनोरम वातावरण र स्थानीय परिकारको मज्जा लिन पाउँछन्ु, अध्यक्ष गुरुङ भन्छिन्, ‘लमजुङको पर्यटनमा भलामचौरले चाँडै नै नयाँ आयाम लिनेमा हामी ढुक्क छौं ।
मनासलु, डा। हर्क हिमाल लगायत दर्जनौं हिमशृङ्खला, नागबेली आकारमा बनेको मर्स्याङ्दी नदी र मनोरम प्राकृतिक वातावरणले भलामचौर आउने पर्यटक लोभिने उनको भनाई छ । पर्यटकलाई लक्षित गरी गाउँमा शौचालय, बाथरुम, बेडरुम लगायत अत्याधुनिक संरचना पनि बनेको सचिव तेजबहादुर गुरुङ बताउँछन् ।
उनका अनुसार गाउँमा ५० जना सम्म पाहुना राख्न सकिने क्षमता छ । बाइसे चौबिसे राजाको पाला रहेको गढी पनि गाउँ नजिकै छ । त्यहाँ रहेको ठूलो ओढारभित्र जुवा, त्रिपासा खेल्ने ढुंगा, सुन्दरी तलाउ, मान्द्रे ढुंगा र तीन कन्या देवी मन्दिर, पहराको कलादेवी, सिद्ध मन्दिर पर्यटकका लागि आकर्षण दिने ठाउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन सुरु
मंसिर १७, २०८१ सोमबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
रास्वपा सभापति लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी
मंसिर १८, २०८१ मंगलबार
पुुरुष युु–१९ एसिया कपः आज नेपाल अफगानिस्तानसँग खेल्दै
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङले गरे स्वागत
मंसिर १८, २०८१ मंगलबार
बेल्जियम बन्यो यौनकर्मीलाई अधिकार दिने पहिलो देश
मंसिर १८, २०८१ मंगलबार
मस्कको नयाँ दावीः मंगलग्रहमा पुग्न ९ महिना होइन, ९० दिनमा पुग्न सकिन्छ
मंसिर १८, २०८१ मंगलबार
'धम्की पछि' ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास
मंसिर १८, २०८१ मंगलबार