बाटो बाढीले बगाउँदा जोखिम मोलेर यात्रा
नेपालबहस संवाददाता
कात्तिक १४, २०७८ सोमबार ३:१८:३८
सीपी लोहिया
१४ कार्तिक, बैतडी । कार्तिकको पहिलो साता भएको अविरल वर्षाले बैतडीको सिगास गाउँपालिकामा विभिन्न ठाउँका बाटोहरू बगाएपछि स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । अहिले सिगासका मुख्य बाटाहरू थलाकाडादेखि देउरा, बोहरीदेखि लेकम, फाङेपौडदेखि मसानीधार, भौनेली पातलदेखि वडा नम्बर ७ कार्यालय जानेलगायतका मुख्य बाटा र गाउँघरमा ओहोरदोहोर गर्ने अधिकांश बाटा भक्तिएकाछन् ।
दुर्गम क्षेत्रका करिब १५ बाटो बाढीपहिरोले भत्काएको सिगास-७ लेकमका सुरेन्द्र साउदले बताए । ‘हाम्रो पालिका भित्र १५–२० बाटो बाढीपहिरोले बगाएको छ । गुणस्तरीय बाटो त कतै थिएन । तर, पनि हिँड्न सकिने बाटोहरू थिए । अधिकांश बाटोहरू बगेकाछन् । केही बाटोको त नाम निसान नै मेटिने गरेर भत्किएका छन्,’ उनले भने ।
बाटो भत्किएपछि स्थानीयवासी जोखिम मोलेर यात्रा गर्न बाध्य भएको उनले बताए । वर्षाले सिगास ६ र ७ बाट बझाङ जिल्लाको देउरा बजार जाने मुख्य बाटो बगाएपछि समस्या भएको सिगास-६ का ईश्वर साउदले बताए । उनले भने, ‘हाम्रो मुख्य बजार भनेकै देउरा बजार हो । दैनिक उपभोग्य बस्तु, नुनतेल, खाद्यान्नदेखि निर्माण सामग्रीलगायत चाहिएका सबै सामान देउराबाटै ल्याउने गरेको थियौं । देउरा जाने बाटो ठाउँ-ठाउँमा भत्किएपछि जोखिम मोलेर यात्रा गरिरहेका छौं ।’
बाटो भत्किएपछि स्थानीयवासी सेती नदीको माथि पट्टीको भीरबाट यात्रा गर्न बाध्य छन् । बाटो बिग्रिएसँगै बुढापाका, सुत्केरी महिला र बिरामी मान्छे ओहोरदोहोर गर्न सक्ने स्थिति छैन ।
ठाउँ(ठाउँका बाटो भत्किएपछि सिगास गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ का गाउँका बासिन्दालाई बजारसम्म पुग्न मुस्किल भएको छ । ढुंगाडमा भने सेती नदीमाथीको पुल नै बाढीले बगाएपछि दैनिक उपभोग्य बस्तु ल्याउनका लागि दिनभर हिँड्नुपर्ने बाध्यता रहेको छ ।
विगतमा डोटीको आदर्श गाउँपालिकाका बजारबाट सामान ल्याउने गरेकोमा अहिले डडेलधुराबाट खच्चरमा सामान ल्याउनुपर्ने बाध्यता रहेको छ । खच्चरबाट सामान मगाउँदा एक केजीको १० रुपैयाँ तिर्नु परिरहेको स्थानीय राजेश चन्दले बताए ।
बाटो निर्माणमा कसैको ध्यान नगएको सिगास(७ का भीम बोहराले बताए । उनले भने, ‘बजारसम्म पुग्ने बाटोहरू सबै भत्किएकाले कहाँबाट सामान ल्याउने रु के खाने रु भन्ने चिन्ता बढको छ । जसको घरमा युवाहरू छन् । उनीहरू त जोखिम मोलेर यात्रा गरी सामान ल्याउँछन् । असक्त व्यक्तिलाई निकै समस्या छ ।’ बाटो र पुल भत्किएदेखि समस्यामा परेको उनले बताए ।
सिगासका विभिन्न वडामा वर्षाका कारण पुगेको क्षतिबारे अवलोकन गर्न त्यहाँ पुगेका बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीले सिगास बासीको समस्या समाधान गर्ने आश्वासन दिएकाछन् । उनले सिगासमा भएको सबै क्षति अध्ययनपछि संसदमा कुरा उठाउनुका साथै पुनर्निर्माणका लागि सकारका सबै सम्बन्धित निकायसँग पहल गर्ने बताए ।
सांसद भण्डारीको टोली एक हप्तादेखि सिगास भ्रमणमा रहेको छ । तीन दिनको वर्षाका कारण सिगासवासीको सात सय रोपनी धान खेत बगरमा परिणत भएको जिल्ला प्रशासन कार्यालय बैतडीको तथ्यांक रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार