प्रेस स्वतन्त्रताप्रति गण्डकी सरकार प्रतिबद्ध : मुख्यमन्त्री पोखरेल
नेपालबहस संवाददाता
कात्तिक १५, २०७८ सोमबार १८:१६:३
१५ कार्तिक, गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीद्वारा आज पोखरामा विजयादशमी, दिपावली, छठलगायत पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले प्रेस स्वतन्त्रतालाई अङ्कुस लगाउने कुरामा सरकार जान नसक्ने स्पष्ट पारे ।
पूर्ण प्रेस स्वतन्त्रता संविधानमा नै उल्लेख भएको जनाउँदै उनले प्रदेशमा बन्ने कुनै पनि ऐन तथा कानून यसका विरुद्धमा हुन नसक्ने उल्लेख गरे । सरकारका कामकारबाही एवं गतिविधिका सम्बन्धमा प्रेस जगतबाट तथ्यगत समारचाको अपेक्षा गरिएको जनाउँदै उनले आफूहरूले तारिफ नचाहेको बताए ।
प्रदेशका अर्थमन्त्री रामजी बराल जीवनले राष्ट्रिय एकता अहिलेको आवश्यकता भएको जनाउँदै अहङ्कार र घमण्डले केवल दुर्दशा तथा अस्थिरता ल्याउने बताए । नेपालीका यी महान चाडले राष्ट्रिय एकता कायम गर्ने उनले बताए। शिक्षा, संस्कृति, विज्ञान तथा प्रविधिमन्त्री मेखलाल श्रेष्ठले सरकार प्रदेशवासीलाई खोपको व्यवस्थाका साथै बाढीपहिरो एवं प्राकृतिक विपत्तिको उद्धार, राहत आदिमा क्रियाशील बनेको सुनाए ।
नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष बिमला भण्डारीले पत्रकारिता क्षेत्रलाई राज्यले चाैथो अङ्गका रुपमा स्थापित गरे पनि अझै कतिपय स्थानमा समाचार लेखनकै सन्दर्भमा डर तथा धम्की सामना गर्नुपर्ने अवस्था रहेको बताए।
पत्रकारमैत्री वातावरण निर्माण हुनुपर्नेमा जोड दिँदै उनले पत्रकारले पनि सत्यतथ्यमा आधारित भई समाचार सङ्कलन र सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेशसभा सदस्य एवं नेकपा ‘एमाले’ कास्ककिा अध्यक्ष कृष्ण थापा, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष रामप्रसाद तिमल्सिना, सचिव माधव बराललगायतले नेपालीका यी चाडपर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार