आन्तरिक राजस्व कार्यालय बागलुङद्वारा लक्ष्यभन्दा ३३ प्रतिशत बढी कर संकलन
नेपालबहस संवाददाता
कात्तिक १६, २०७८ मंगलबार १९:५८:५९
१६ कार्तिक, बागलुङ । आन्तरिक राजस्व कार्यालय बागलुङले आफ्नो लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न थालेको छ ।
कोरोना महामारी र निषेधाज्ञा नभएपछि बढेको व्यावसायिक क्रियाकलाप र सहज आउजाउको अवस्थाले राजस्व संकलन सहज भएको राजस्व अधिकृत महेन्द्र नेपालले बताए ।
‘धेरै जनामा आफ्नो कर समयमै तिर्नुपर्छ भन्ने मान्यताको विकास भएको छ’, नेपालले भने, ‘बाध्यात्मक अवस्था बाहेक कर समयमै उठ्ने गरेको छ ।’ करदाता सेवा कार्यालयबाट स्तरोन्नति भएर आन्तरिक राजस्व कार्यालय बनेपछि बागलुङमा करदाता बढ्नुको साथै करको दायरा पनि फराकिलो बन्दै गएको छ ।
कार्यालयले गत असोज महिनामा मात्रै एक करोड ७० लाख आयकर संकलन गर्ने लक्ष्य राखेको थियो । तर उक्त महीनामा तीन करोड ६८ लाख आयकर संकलन भएको नेपालले जानकारी दिए । असोज महीनासम्म रू। पाँच करोड ८३ लाख आयकर संकलन गर्ने लक्ष्यमा १९९ प्रतिशत प्रगति गरेर ११ करोड ६१ लाख कर संकलन गर्न सफल भएको हो ।
त्यस्तै घरबहाल कर तर्फ भने कर संकलनमा कमी भएको छ । रू। १४ लाख संकलन गर्ने भनिएकोमा असोजमा तीन लाख ६५ हजार मात्रै संकलन भएको छ ।
असोज मसान्तसम्ममा रू। पाँच करोड ८६ लाख संकलन गर्ने भनिएकोमा पनि सो पूरा नभइ तीन करोड नौ लाख मात्रै कर संकलन भएको छ । भ्याटतर्फ २६ करोड संकलन गर्ने भनिएकोमा ५६ प्रतिशत मात्रै पूरा भएको थियो ।
त्यसमा रू। १४ करोड ९६ लाख मात्रै संकलन भएको हो । असोज मसान्तसम्ममा भने लक्ष्य पूरा भएको छ । नौ करोड ३ लाख संकलन गर्नेमा ९४ करोड ९१ लाख संकलन गरेर १०५ प्रतिशत प्रगति गरेको नेपालले बताए । त्यसबाहेक कार्यालयले अन्तशुल्क, शिक्षा तथा स्वास्थ्य करलगायत पनि संकलन गर्ने गरेको छ ।
बागलुङमा भने चालू वर्ष शिक्षा स्वास्थ्य कर संकलन भएको छैन । अन्तशुल्क तर्फ रू। दुई करोड ६५ लाख लक्ष्य रहेको असोजमा तीन करोड ६६ लाख र असोज मसान्तसम्ममा रू। आठ करोड ३८ लाखको लक्ष्यमा १८० प्रतिशत प्रगति गरेर रू। १५ करोड १ लाख कर संकलन भएको छ ।
सबै शीर्षकमा गरी असोज मसान्तसम्ममा १९ करोड २५ लाख कर संकलन गर्ने लक्ष्यमा कार्यालयले १३३ प्रतिशत प्रगती गरेर २५ करोड ७१ लख ६५ हजार कर संकलन गर्न सफल भएको हो ।
पोखरा पुगेर कर तिर्नुपर्ने बाध्यता हटेपछि मात्रै बागलुङसहित पर्वत र म्याग्दीमा करदाता बढ्दै गएका छन् । करदाताले स्वयं कर घोषणा गर्ने, कर तिर्ने र आफ्नो सम्पत्तिको विवरण चुस्त बनाएर राख्ने क्रम पनि शुरु भएको छ । अहिले बागलुङ कार्यालयमार्फत १७ हजार बढीले कर तिर्ने गरेका छन् । केही समयअघि कार्यालयले पर्वतमा पनि करदाता सेवा कार्यालय स्थापना गरेको छ ।
उक्त कार्यालयमार्फत पर्वतका कारदाताले कर तिर्ने गरेका छन् । सीमित जनशक्ती भए पनि करदाताले आफ्नो कर्तव्य सम्झेर कर तिर्ने लहर चल्न थालेपछि भने कार्यालयले हरेक वर्ष लक्ष्यभन्दा बढी कर संकलन गरेर प्रगतिसमेत देखाउन थालेको छ ।
पछिल्लो समय कार्यालयबाट प्यान नम्बर लिने र रोजगार भएका र मजदूरी गर्नेले समेत आफ्नो कमाइको १ प्रतिशत कर तिर्न थालिसकेका छन् । नेपाल सरकारले ल्याएको प्यान नम्बरबाट राज्यलाई योगदान गर्ने नीतिले देशकै अर्थतन्त्रमा समेत सकारात्मक परिवर्तन आएको अधिकारीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार