काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसी भैली खेल्न निषेध
नेपालबहस संवाददाता
कात्तिक १६, २०७८ बुधबार १:७:५२
१६ कार्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसी भैली खेल्न निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले उपत्यकाभित्र राती ९ बजेपछि देउसी भैली खेल्न निषेध गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार तिहारमा देउसी–भैलोमा राति नौ बजेसम्म मात्रै खेल्न अनुमति दिइएको छ । कोरोना भाइरसको संक्रमण हालसम्म पनि कायमै रहेको हुँदा सो निर्णय लिइएको प्रशासनले जनाएको छ ।
प्रशासनले मंगलबार तीन वटै प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी यसबारे निर्णय लिएको सहायक–प्रजिअ अधिकारीले बताए । ‘कोभिड–१९को संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी देउसी–भैलो, नाचगान लगायतका कार्य राति ९ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्वक गर्ने र यस्ता कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने कुनै पनि गतिविधिहरू नगर्ने÷ नगराउने,’ विज्ञप्तिमा उल्लेख छ ।
साथै प्रशासनले पटाका पड्काउने, उत्पादन तथा ओसारपसार, मापसे सेवन गरी सार्वजनिक स्थानमा होहल्ला नगर्न समेत अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार