यसपटक काग र कुकुर तिहार एकै दिन मनाइँदै
नेपालबहस संवाददाता
कात्तिक १७, २०७८ बुधबार १४:२८:३७
१७ कार्तिक, काठमाडौं । आजको पन्चाङ्ग : १७ कात्तिक। कार्तिककृष्णपक्ष त्रयोदशी तिथि । तद्अनुसार नोभेम्बर महिनाको ३ तारिक बुधबार । काग र कुकुर तिहार आज । आज बिहान पहिले कागलाई निमन्त्रणा गरेर खाने कुरा दिने गरिन्छ । यमदूतका रुपमा कागलाई पूजा गर्ने गरिन्छ ।
काग अत्यन्त चलाख र सर्वभक्षी प्राणी मानिन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त हो । युगान्तरमा कागले सन्देश र सूचना प्रभा गर्ने काम गरेकाले अहिले पनि कागलाई हामीले बर्षमा एकदिन भएपनि पूजा गर्ने गरिन्छ । सबै पक्षीमध्ये चेष्टा राख्ने भनेको काग हो । त्यसैले भनिन्छ, विद्यार्थीमा पनि कागको जस्तो अध्ययन गर्ने चेष्टा हुनुपर्छ ।
गृह अर्थात् घरको सुरक्षा र रक्षा गर्ने कुकुर हो । त्यसैले सहरमा अहिले कुकुर पाल्ने चलन बढेको छ । कुकुर पनि यमराजको भक्त हो । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । अपराधको अनुसन्धान र अध्ययन अनुसन्धानको काममा पनि कुकुरको प्रयोग गरिन्छ । गृह र देशको रक्षाका काममा कुकुरको आवश्यकता बढ्दो छ । त्यसैले हरेक वर्ष एकदिन भए पनि कुकुरको पूजा गर्ने गरिन्छ ।
यसपटक काग र कुकुरको पूजा एकैदि न परेको छ । तिथिका कारणले यस्तो हुन गएको हो । बिहीबार लक्ष्मीपूजा अर्थात तिहारको मुख्य दिन भएकाले आजदेखि सबैले आफ्नो घर सफा गर्ने, घरभित्र रहेको मन्दिरका सजावट गर्ने र घरमा दिपमालिका गर्ने गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार