तिहारमा अरु जनावरको पूजा मात्रै होइन जिम्मेवार पनि बनौ
नेपालबहस संवाददाता
कात्तिक १७, २०७८ बुधबार २०:१२:१७
अनुसा थापा
नेपालीहरुको दोस्रो महान चाड तिहार भित्रिएको छ । उज्यालोको रुपमा चिनिने यो पर्वले नेपालीहरुको मन नै उमंगित पार्दछ । तिहारलाई दिदीबहिनीहरु र दाजुभाइबीचको उच्च सद्भावको चाडका रुपमा लिन सकिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिन्छन् । दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई हैसियत अनुसार उपहार दिने गर्दछन् । दिदीबहिनी र दाजुभाइका लागि यो अति महत्वपूर्ण चाड हो ।
तिहारको समयमा वर्षदिनभरि खेतबारी जोतेको गोरुलाई पूजा गरिन्छ । गाईलाई पनि लक्ष्मीको रुपमा पूजा गरिन्छ । त्यसको साथसाथै काग र कुकुरलाई पनि निकै महत्व दिइन्छ । अरु समयमा त्यति महत्व नदिनेले पनि तिहारमा कुकुरलाई खोजेर भए पनि पूजा गर्ने चलन छ । यसबेला समाजमा केही अमिल्दा व्यवहार पनि देखिन्छन् । कुकुर तिहारका दिन अन्न र पानी, माला र बिस्कुट दिएर कुकुरसंग फोटो खिच्न तँछाडमछाड गरेको देखिन्छ । अरुबेला जनावरसंग फोटो खिच्न लाज लाग्ने, जनावरलाई घृणा गर्नेहरु त्यसदिन कुकुरसंग फोटो खिचेर फेसबुकमा पोस्ट गरेको देख्न पाइन्छ ।
गाईलाई तिहारमा अति महत्वका साथ पूजा गरे पनि अरु बेलाको व्यवहार त्यस्तो छैन । गाईले दुध दिउञ्जेल गाई पाल्ने, फइदा लिने जब गाई बूढो हुन्छ, दूध दिन छाड्छ अनि सडकमा लगेर मर्नका लागि छोड्न थालिएको छ । समाजमा गाई पाल्न छाड्ने प्रवृत्ति बढेको बढ्यै छ । तिहारमा गाईलाई एक दिनका लाग खोजेर पूजा गर्ने फोटो खिच्ने, फेसबुकमा पोष्ट गर्ने प्रवृत्ति दिक्क लाग्दो छ । यो त वास्तपवक धर्म नभएर देखावटी मात्रै भयो ।
अधिकांश नेपालीहरुको बानी जुन दिन आवश्यक पर्छ त्यही दिन मात्र महत्व दिने, खोज्ने छ । अरु बेला त्यसको केही मतलब गरिन्न । मानवलाई सबैभन्दा बुद्धिजीवी प्राणीका रुपमा लिइन्छ तर उसले अरु प्राणीप्रति जिम्मेवारपूर्ण भूमिका खेल्न चुक्दै छ। यसले प्रकृतिमा खलबल उत्पन्न हुँदै गइरहेको छ । तसर्थ धर्म सधै गर्रौं, अरु प्राणीप्रति सधै स्नेह, सद्भाव दशाऊँ । यसले नै मानिको महानता देखिने छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार