प्रशासनको पहलमा सिद्धार्थ राजमार्ग संरक्षणमा स्याङ्जावासी
नेपालबहस संवाददाता
कात्तिक १८, २०७८ बिहिबार १९:४४:६
१८ कार्तिक, स्याङ्जा । जिल्ला प्रशासन कार्यालयको पहलमा सिद्धार्थ राजमार्ग संरक्षणमा स्याङ्जावासी जुट्ने भएको छ । बर्षाद र बेमौसमी बर्षादका कारण सडकमा क्षती भएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले यो अभियानको थालनी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जामा भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले समन्वय गरी राष्ट्रिय राजमार्ग बचाउमा सबै जुट्न अभियानको शुरुवात गरेका हुन् । स्याङ्जा जिल्ला भित्र करिव ८० किलोमिटर रहेको सिद्धार्थ राजमार्ग संरक्षण गर्नुपर्ने देखेपछि प्रजिअले यो अभियान चलाउन लागेका हुन् ।
सडक डिभिजन कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी, नेपाली सेना, जिल्लाका ११ वटै पालिका र जिल्ला स्थित विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा भएको बैठकले राजमार्गमा भएका खाल्डाखुल्डी पुर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
राजमार्गले छोएका पालिकाहरुले आ—आफ्ना क्षेत्रभित्रपर्ने राजमार्गलाई सरसफाई देखि राजमार्गमा देखिएका खाल्डाखुल्डी पुर्न परिचालित हुनेयसलाई मध्य नजर गरेर प्रजिअ पौडेलले राजमार्ग संरक्षण गर्नु हामी सबैको दायीत्व भएकाले सबै स्याङ्जावासी र पालिकाहरुलाई आग्रह गरेका छन् । सोमवार बसेको जिल्ला स्थित समन्वय बैठकले सडक बचाउ अभियानको थालनी गर्ने निर्णय गरेका छन् ।
कात्र्तिक १७ गते कास्कीको सिमाना कुभिण्डे देखि लुम्बिनी प्रदेशको सिमाना राम्दी सम्म यात्रु र सवारी साधनलाई आवागमनमा सहज बनाउन मर्मत सम्भार र खाल्डाखुल्डी पुर्ने भएको छ । शाखा सडकहरुको पनि सफाई र मर्मत गरिने गरी निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरी शर्माले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार