पर्यटकको निधारमा सप्तरंगी टीका
नेपालबहस संवाददाता
कात्तिक २०, २०७८ आइतबार ०:१८:३९
२० कार्तिक, पोखरा । तिहार खासगरी हिन्दु नेपालीको मुख्य पर्व हो । पछिल्लो समय नेपालका अन्य समुदायमा पनि यो पर्व लोकप्रिय बनिरहेको छ । आजभोलि नेपाली मात्रै होइन, विदेशी पर्यटक पनि सप्तरंगी टीका लर्काएर रमाइलो गर्न थालेका छन् ।
पोखरामा रहेको पश्चिमाञ्चल होटेल संघले पर्यटक लक्षित भाइटीका महोत्सव आयोजना गरेको छ । १६ वर्षअघि सुरु भएको यो महोत्सवको १४औं संस्करण शनिबार मनाइएको छ ।
‘दुई वर्ष कोभिड संक्रमणका कारण रोकियो । अहिले फेरि सुरु गरेका छौं,’ होटेल संघका अध्यक्ष लक्ष्मण सुवेदीले भने, ‘नेपाल आएका पर्यटकलाई अब भाइटीका महोत्सवबारे थाहा हुन थालिसक्यो । अहिलेको महोत्सवमा यसअघि टीका लगाएर गएकाहरू पनि सहभागी छन् ।’ उनका अनुसार ६ जना पर्यटकले दोहोर्याएर भाइटीका लगाएका छन् ।
यो वर्ष विभिन्न ९ देशका २० विदेशी नागरिकले टीका लगाएका उनले जानकारी दिए । पोखरास्थित रेन्वो चिल्ड्रन होमका छात्राहरूले विदेशी पर्यटकलाई टीका लगाइदिएका थिए । नेपाली संस्कृतिको संरक्षण गर्दै यसैका माध्यमबाट पोखराको पर्यटन प्रवर्द्धनमा सघाउने उद्देश्यले भाइटीका कार्यक्रम आयोजना गरिएको सुवेदीको भनाई छ ।
टीका कार्यक्रममा चीन, रसिया, जर्मनी, फ्रान्स, कम्बोडिया र बेलारुसका पर्यटक सहभागी भएका थिए । टीका लगाइदिएपछि उनीहरूलाई सयपत्री फूलको माला, टोपी र सेलरोटीलगायत परिकार दिइएको हो । सोही अवसरमा देउसी भैलो र सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको निवर्तमान अध्यक्ष विकल तुलाचनले बताए ।
संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको पश्चिमाञ्चल होटेल संघ पोखराका अध्यक्ष विकल तुलाचनले बताए । उनले तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्ने विगत १३ वर्षदेखि महोत्सव आयोजना गर्दै आएको बताए । भाइटीका महोत्सव पोखराका लागि अर्को पर्यटकीय प्रडक्ट बन्दै गएको अध्यक्ष तुलाचनले बताए । टीका लगाएपछि विदेशी पर्यटकहरू निकै खुसी देखिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन सुरु
मंसिर १७, २०८१ सोमबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
दोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
रूसको रक्षा बजेट १२६ अर्ब पुग्यो, कुल सरकारी खर्चको ३२.५ प्रतिशत
मंसिर १८, २०८१ मंगलबार
रवि लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी
मंसिर १८, २०८१ मंगलबार
पुुरुष युु–१९ एसिया कपः आज नेपाल अफगानिस्तानसँग खेल्दै
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङले गरे स्वागत
मंसिर १८, २०८१ मंगलबार
बेल्जियम बन्यो यौनकर्मीलाई अधिकार दिने पहिलो देश
मंसिर १८, २०८१ मंगलबार