स्याङ्जामा ११५ दिनको ४८ करोड राजस्व संकलन
नेपालबहस संवाददाता
कात्तिक २४, २०७८ बुधबार १८:५७:७
२४ कार्तिक, स्याङ्जा । संघिय र गण्डकी प्रदेश सरकारका लागि स्याङ्जाबाट ४८ करोड राजस्व संकलन भएको छ । आर्थिक बर्ष २०७८/०७९ शुरु भएको १ सय १५ दिनमा सो राजस्व संकलन भएको हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार साउन १ गते देखि कात्र्तिक २३ गते सम्म स्याङ्जामा ४७ करोड ९२ लाख ३८ हजार ८ सय १ रुपैया राजस्व संकलन भएको जनाएको छ । यो गत आर्थिक बर्षको भन्दा निकै राम्रो सन्देश हो ।
संघिय सरकार र प्रदेश सरकारलाई बिषयगत सरकारी कार्यालयबाट उठाईने करको दायरा निकै शुभ देखिएको कोलेनिका स्याङ्जाका प्रमुख भुवन काफ्लेले बताए । कोलेनिका प्रमुख काफ्लेका अनुसार १ सय १५ दिनमा संघिय सरकारका लागि ४४ करोड ६६ लाख ७५ हजार ४ सय ७० राजस्व संकलन भएको छ भने प्रदेश सरकारका लागि ३ करोड २५ लाख ६३ हजार ३ सय ३१ राजस्व संकलन भएको छ ।
राजस्व बृद्धि हुनुमा स्थानीयतहको रकम फिर्ता र राहदानी बनाउनेको संख्या बढ्नु रहेको काफ्लेको तर्क छ । गत आर्थिक बर्ष २०७७/०७८ मा ५७ करोड राजस्व संकलन संघिय सरकारलाई भएको थियो भने प्रदेश सरकारलाई १० करोडको हाराहारीमा रहेको थियो । एकै दिन अथवा कात्र्तिक २३ गते मात्रै स्याङ्जामा संघिय सरकार र प्रदेश सरकारलाई ११ लाख ८४ हजार ९१ रुपैया राजस्व संकलन भएको छ ।
संघिय सरकारलाई ७ लाख ६७ हजार २ सय ९१ र प्रदेश सरकारलाई ४ लाख १६ हजार ८ सय राजस्व संकलन भएको कोलेनिका स्याङ्जाले जनाएको छ । एकै दिन संघिय सरकारलाई जिल्ला प्रशासनले १ लाख ३८ हजार ३ सय, इलाक प्रशासन वालिङले २ लाख २७ हजार ५ सय, करदाता कार्यालयले ३ लाख १७ हजार ४ सय ९१, जिल्ला प्रहरी कार्यालयले ३५ हजार ५ सय र शिक्षा विकास समन्वय इकाईले ५१ हजार ५ सय राजस्व संकलन गरेका छन् ।
प्रदेश सरकारका लागि घरेलु तथा साना उद्योग विकास समितिले ५२ हजार १ सय र पुर्वाधार विकास कार्यालयले ३ लाख ६४ हजार ७ सय राजस्व संकलन गरेका छन् । तुलानात्मक हिसावले गृहमन्त्रालय अन्तर्गत रहेको जिल्ला प्रशासन र इलाका प्रशासनले सबै भन्दा बढी संघिय सरकारलाई राजस्व संकलन गर्न सफल भएका छन् ।
राहदानी बनाउने नागरिकको संख्यामा बृद्धि हुदा प्रशासनको राजस्व निकै बढ्न पुगेको बताइएको छ । यो क्रम अझै केही महिना चल्न सक्ने अनुमान गरिएको छ । राहदानी नभएसम्म डिभी भर्न नपाउने व्यवस्था अमेरीकाले गरेपछि अहिले राहदानी बनाउनेको संख्या बढेको इलाक प्रशासन कार्यालय वालिङका प्रमुख नवराज बरालले बताए । इलाका प्रशासन वालिङमा दैनिक ५० देखि ८० सम्म राहदानी बनाउनेको संख्या रहेको बरालले बताए । जिल्ला प्रशासनमा पनि राहदानी बनाउने सोही संख्यामा रहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार