तनहुँमा खटिँदै छन् ४९० गणक
नेपालबहस संवाददाता
कात्तिक २४, २०७८ बिहिबार १:१२:५९
२४ कार्तिक, तनहुँ । बिहीबारदेखि देशभर राष्ट्रिय जनगणना सुरु हुँदै छ । प्रत्येक १० वर्षमा हुने जनगणना अन्तर्गतको मुख्य जनगणना बुधबार सुरु भएर ९ मंसिरमा सकिनेछ ।
तनहुँमा राष्ट्रिय जनगणनाको १२औँ शृंखलाको मुख्य गणनाको तयारी पूरा भएको छ । जिल्लामा ४९० गणक जनगणनाका निम्ति हरेक घरदैलोमा पुग्ने जिल्ला जनगणना अधिकारी नन्दलाल सापकोटाले बताए ।
उनका अनुसार संस्थागत घरपरिवारको गणना गर्न छ जना खटिनेछन् । ‘गणकलाई तालिम र सम्पूर्ण सामग्री दिएर पठाएका छौँ । उनीहरू गणनाका लागि तम्तयार छन्’, उनले भने । एक जना गणकले औसतमा २०० घरमा पुगेर जनगणना फारम भर्नेछन् । ‘फारम भर्नलाई ५२ वटा मुख्य प्रश्न सोधिनेछ’, उनले भने । गणनाका लागि २० मिनेट समय लाग्ने जनाइएको छ ।
जनगणनाको पहिलो चरणअन्तर्गत ३० भदौदेखि १८ असोजसम्म घर सूचीकरण गरिएको थियो । घर सूचीकरण गर्न तनहुँमा १२० जना सुपरिवेक्षक खटिएका थिए । सुपरिवेक्षकले जिल्लाका ९१ हजार घर सूचीकरण गरेका छन् । पछिल्लो १० वर्षको अवधिमा यहाँ झण्डै १३ हजार घर थपिएको प्रारिम्भक तथ्यांकले देखाउँछ ।
२०६८ सालको जनगणनामा जिल्लामा ७८ हजार ३०९ घर सूचीकरण गरिएको थियो । उक्त जनगणनाअनुसार तनहुँमा तीन लाख २३ हजार २८८ जनसंख्या छ ।
जिल्लाका पाँच स्थानमा स्थानीय जनगणनाको कार्यालय स्थापना गरिएको छ । दुलेगौँडा, भिमाद, दमौली, डुम्रे र आँबुखैरेनीमा स्थानीय जनगणनाको कार्यालय स्थापना गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार