प्रतिगमनकारी सल्बलाउँदै छन्ः अर्थमन्त्री शर्मा
नेपालबहस संवाददाता
कात्तिक २७, २०७८ शनिबार २२:२२:०
२७ कार्तिक, पोखरा । अर्थमन्त्री जनार्दन शर्माले प्रतिगमन केही परास्त भए पनि सल्बलाउन नछोडेको बताएका छन् । पोखरामा प्रेस सेन्टर गण्डकीको अधिवेशनलाई उद्घाटन गर्दै उनले संविधान च्यात्न खोज्नेहरु हाबी हुन लागेको बताए । ‘प्रतिगमन गर्नेहरु, संविधान च्यात्न खोज्नेहरु, उपलब्धि उल्ट्याउन खोज्नेहरु गठबन्धनका कारण केही हदसम्म परास्त भएका छन्,’ उनले भने, ‘तर फेरि उनीहरु सल्बलाइरहेका छन् । त्यस्ता शक्तिलाई परास्त गर्न प्रेस जगतले कलम चलाउनुपर्छ ।’
कांग्रेसको नेतृत्वमा बनेको ५ दलीय गठबन्धन सत्ता प्राप्तिका लागि नभई संविधानको रक्षाका लागि भएको उनको दाबी छ । ‘प्रतिगमनविरुद्ध आन्दोलन गरेर जुन गठबन्धन भएको छ, यो गठबन्धनको तात्पर्य सरकारमा सहभागी हुनेमात्र कुरा होइन । संविधानको रक्षा गर्ने कुरा हो, परिवर्तनको रक्षा गर्ने र संविधान कार्यान्वयन गर्ने कुरा हो,’ उनले भने ।
शर्माले लोकतन्त्रको पक्षमा एकीकृत हुन आग्रह गरे । ‘बचनले होइन, कर्मले लोकतन्त्रको सेवा गर्नुपर्छ । बचनले लोकतन्त्रका कुरा गर्ने, कर्मले प्रतिगमन गर्ने तत्वहरु छन् । त्यसकारणले काम र व्यवहारले लोकतन्त्रको पक्षमा उभिनुपर्छ,’ उनले थपे, ‘राज्यसत्ता र सरकारका कामले संविधानलाई च्यात्ने प्रयास गर्छन् भने सबै साथीहरु आन्दोलनमा जानुपर्छ । जनचाहना र लोकतन्त्र विपरीत हुने काममा खबरदारी गरिनुपर्छ ।’
उनले उत्पादन, रोजगारी र समृद्धिको अभियानलाई साथ दिन पनि आग्रह गरे । माओवादी अध्यक्ष प्रचण्डको विचारले अहिले पनि देश अगाडी बढिरहेको उनको तर्क छ । ‘वर्ग संघर्षदेखि जनयुद्ध हुँदै शान्ति प्रक्रियामा रुपान्तरण भएर गणतन्त्र ल्याउनेसम्मको नेतृत्व नेकपा माओवादी केन्द्र र त्यसका अध्यक्ष प्रचण्डले गर्नुभएको हो । ती उपलब्धी रक्षा गर्ने काम पनि माओवादी र त्यसका अध्यक्ष प्रचण्डले नै गरिरहनुभएको छ,’ उनी भन्छन्, ‘यसमा गिरिजाप्रसादको पनि भूमिका र योगदान छ । मैले भनेका कुरा माओवादीको होइन, राष्ट्रको कुरा हो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार