ब्लड बैंक सञ्चालन गर्न नगरपालिकाद्वारा आर्थिक सहयोग
नेपालबहस संवाददाता
मंसिर १, २०७८ बुधबार १८:१०:४८
१ मंसिर, कञ्चनपुर । भीमदत्त नगरपालिकाले ब्लड बैंक सञ्चालनका लागि नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखलाई रु चार लाख आर्थिक सहयोग गरेको छ । नगरपालिकाले चार वर्षदेखि निरन्तर रुपमा ब्लड बैंक सञ्चालन गर्नका लागि आर्थिक सहयोग गर्दै आएको छ । तीन वर्षसम्म रु तीन लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउँदै आएको नगरपालिकाले यस वर्ष एक लाख रकम बढाएर रेडक्रसलाई सहयोग गरेको छ । “रगत अभाव हुन नदिनका लागि निरन्तर रुपमा सहयोग उपलब्ध गराउँदै आएका छौँ”, नगरप्रमुख सुरेन्द्र बिष्टले भने, “कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो चाहना हो ।”
नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरका सभापति टेकराज उप्रेतीले नगरपालिकाले गरेको सहयोगबाट ब्लड बैंक सञ्चालनमा ठूलो सहयोग पुग्ने बताए । नौ स्थानीय तहमध्ये रेडक्रसलाई आठ स्थानीय तहले निरन्तर रुपमा ब्लड बैंक सञ्चालनका लागि प्रतिवर्ष सहयोग गर्दै आएका छन् । ब्लड बैंकले स्थानीय तहका रगतको अभाव भएका बिरामीलाई निःशुल्क रुपमा रगत उपलब्ध गराउँदै आएको छ ।
बिरामीलाई रगत परीक्षण र अन्य सेवा उपलब्ध गराएबापत विगतमा रु ७७० प्रतिपिन्ट शुल्क लिँदै आएकामा स्थानीय तहले ब्लड बैंक सञ्चालनका लागि आवश्यक रकम दिन थालेपछि निःशुल्क रुपमा रगत उपलब्ध गराउन थालेको शाखाका कोषाध्यक्ष थिरेन्द्रचन्द्र भट्टले बताए ।
ब्लड बैंकमा रक्त संकलनका लागि आवश्यक सामग्री, प्रयोगशाला, आवश्यक प्राविधिक र प्राविधिक कक्ष लगायतका सुविधा रहेका छन् । वार्षिक रुपमा छ सयदेखि एक हजार पिन्ट रगत खपत हुने गरेको छ । मासिक रुपमा भने ५० देखि सय पिन्ट रगत मात्रै खपत हुँदै आएको छ ।
सम्पूर्ण रगत जाँच गर्र्ने स्पिटर मेसिन नहँुदा त्यसका लागि कैलालीको धनगढी पठाउँदै आएको छ । सयदेखि तीन सय पिन्टसम्म रगत ३० दिनसम्म जगेडा राख्न सक्ने रेडक्रससँग क्षमता रहेको छ । रेडक्रसले रक्तसञ्चार केन्द्र (ब्लड बैंक) विसं २०५० देखि सञ्चालन गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार