ठेक्का सम्झौता भएको साढे दुई बितिसक्दा पुल निर्माण सुरु भएन
नेपालबहस संवाददाता
मंसिर ३, २०७८ शुक्रबार १७:१२:५७
३ मंसिर, काठमाडौं । मालिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको २९ महिनासम्म पनि काम सुरु भएको छैन ।
मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारबाट धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत फेदीस्थित दाङखोलामा मोटरेबल पुल बनाउन विसं २०७६ जेठ २२ गते ठेक्का सम्झौता गरिएको थियो ।
मालिका–५ र धवलागिरि–७ को सिमानामा पर्ने फेदीमा १८ मिटर लामो पुल बनाउन पूर्वाधार विकास कार्यालय म्याग्दी र इन्द्रेणी–फेवा जेभी पोखराबीच एक करोड ९३ लाखमा ठेक्का सम्झौता भएको थियो ।
विसं २०७८ जेठ ८ गते सम्झौताको म्याद सकिए पनि पुल निर्माण सुरु नै नभएको धवलागिरिका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो । “धवलागिरिको केन्द्रसहित पाँचवटा वडालाई जोड्ने सडकमा नियमित यातायात सञ्चालनका लागि पुल निर्माणका लागि पहल गरेका थियौँ”, उनले भने, “सकिनुपर्ने समयसम्म पनि निर्माण सुरु हुन नसक्दा निराश भएका छौँ ।”
फेदीमा गाउँपालिकाले अस्थायी मोटेरबल पुल बनाएर यातायात सञ्चालनको व्यवस्था मिलाएको छ । विसं २०७७ र ७८ को बर्खामा दाङखोलामा आएको बाढीले पुल पुरिएको थियो । पहिरो र बाढी पन्छाएर पुल सञ्चालनमा ल्याइएको छ ।
फेदीको दाङखोलामा मोटरेबल पुल नहुँदा धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवतजावत गर्न समस्या भएको छ । पच्चीस मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको बाँधको डुबान क्षेत्रमा पुल निर्माणस्थल पर्ने भएपछि सम्झौतालगत्तै काम गर्न गएका निर्माण व्यवसायी फर्किएका थिए ।
जलविद्युत् आयोजनाको बाँध स्थानानान्तरण भएपछि पुल निर्माण सुरु गर्ने तयारी गरेको अवस्थामा विसं २०७७ असारमा आएको बाढीले निर्माणस्थललाई क्षतविक्षत बनाएपछि पुनः सर्वेक्षण गरिएको थियो । पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले डिजाइन परिवर्तन गरेर पहिलेकै निर्माण व्यवसायीमार्फत पुल निर्माण गराउन लागिएको बताए ।
“सम्झौता हुँदाको वर्ष दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको बाँधको डुबान क्षेत्र पर्ने भएकाले रोकिएको थियो”, उनले भने, “विसं २०७७ बर्खाको बाढीले क्षति पुर्याएपछि रिडिजाइन गरी भेरिएसन अर्डर तयार गरी दाङखोलामा पुल निर्माण सुरु गर्ने तयारी भएको छ ।” यो योजनाको सम्झौताको म्याद आगामी चैतसम्म थपिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार