७० दिनमा सकियो ‘प्रेमगन्ज’को छायांकन, लगानी दुईकरोड माथी
नेपालबहस संवाददाता
मंसिर ५, २०७८ आइतबार १३:३८:५८
५ मंसिर, काठमाडौं । निर्देशक परिच्छेद सेनको चलचित्र ‘प्रेमगन्ज’को सम्पुर्ण छायांकन समाप्त भएको छ । गत बर्ष बैशाख देखि सुरु भएको चलचित्रको छायांकन यहि मंसिर एक गते समाप्त भएको हो ।
पहिलो लकडाउन सकिए संगै चलचित्रको सुटिङ सुरु भएको थियो । दोश्रो लकडाउन सुरु भए पछि भने केही समय सुटिङ स्तगित भएको थियो ।
देश कोरोना लकडाउनले गर्दा तहसनहस भयो । चलचित्र क्षेत्र त झनै बेजोग भयो । प्रदर्शन हुन तयार चलचित्र रोकिए , सुटिङमा जान तयार चलचित्र पनि रोकिए । तर प्रेमगन्ज निर्माण युनिट भने निर्धक्क चलचित्र निर्माणमा जुटिरह्यो ।
लकडाउनका कारण सबै प्राबिधिक कलाकार काम बिहिन हुँदा पनि प्रेमगन्ज टिमले भने अलिकति भए पनि राहत प्रदान गर्यो । यो दोश्रो लकडाउन यता मात्रै यस चलचित्रले कलाकार तथा प्राबिधिक माथी दुईकरोड लगानी गर्यो । अर्थात चलचित्रमा दुई करोड लगानी भयो । यसले कुनै न कुनै रुममा चलचित्र क्षेत्रमा आबद्ध कलाकार प्राबिधिकलाई राहत प्रदान गर्यो ।
छायांकनमा मात्रै दुईकरोड लगानी भएको चलचित्र प्रेमगन्जको क्यामेरा रोल ७० दिन भएको थियो । लगभग दैनिक ज्ञ।ट मिनेटका दरले छायांकन भएको थियो । चलचित्रको काभ्रेको देउराली , सोलुखुम्बुको पत्ताले , काठमाडौं तथा भक्तपुरको नाला र पनौतीमा दृश्याकन भएको छ ।
बेनिसा हमाल ,तेज गिरि र सम्पदा बानियाँको मुख्य भुमिका रहेको चलचित्र मार्फत राईडर प्रसान्त , सुपृया खनाल र सिम्रन खड्काले डेब्यु गर्दैछन । चलचित्र चौतारीले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन भने प्रस्तुत कर्ता राजु फुयाल हुन । चलचित्रको छिटै नै प्रदर्शन मिति घोषणा हुँदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार