रुपन्देही-२ मा पौडेल पक्षका उम्मेदवार कुटिए, मतगणना स्थगित
नेपालबहस संवाददाता
मंसिर ७, २०७८ बुधबार ४:४२:५४
७ मंसिर, बुटवल । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय अधिवेशनमा उम्मेदवार कुटिएको घटना सेलाउन नपाउँदै बुटवलमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका क्रममा अर्का उम्मेद्वार कुटिएका छन् ।
कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत रुपन्देहीको क्षेत्र नम्बर २ को निर्वाचन अन्तर्गत मतगणनाका क्रममा दुई पक्षबीच कुटाकुट भएको हो । मतगणना चलिरहँदा विवाद भएपछि दुई गुटबीच झडप हुँदा पौडेल प्यानलका उम्मेद्वार दीर्घबहादुर केसी ‘कुमार’ गम्भीर घाइते भएका छन् । उनी महाधिवेशन प्रतिनिधिका उम्मेदवार थिए ।
देउवा समूहका कार्यकर्ताबाट भएको कुटपिटका क्रममा केसीको मुखमा गम्भीर चोट लागेको छ । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको कांग्रेस नगर सभापति खेलराज पाण्डेले जानकारी दिए । विवादले उग्ररुप लिई झडप भएपछि मतगणना स्थगित भएको छ । कुल ६६९ मतमध्ये ६०० मत गनिसक्दा पौडेल पक्षले अग्रता लिएपछि विवाद सुरु भएको थियो ।
यसअघि रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेशसभा क को मतगणनाका क्रममा विवाद हुँदा देउवा पक्षको आक्रमणमा परी पौडेल पक्षका उम्मेदवार शैलेश पन्तसहित पाँचजना घाइते भएका थिए । सो क्षेत्रमा अझै रोकिएको मतगणना सुरु हुन सकेको छैन ।
यो घटना सेलाउन नपाउँदै क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनमा दुई पक्ष कुटाकुटमा उत्रिएका हुन् । यो क्षेत्रमा पौडेल पक्षबाट वर्तमान क्षेत्रीय सभापति रहेका हरि लम्साल र देउवा पक्षबाट मजदूर नेता काजीमान श्रेष्ठ नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व: देउवा
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
मंसिर १८, २०८१ मंगलबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत
मंसिर १८, २०८१ मंगलबार
एनपीएलः सुदुरपश्चिम र विराटनगरबीचमा प्रतिस्पर्धा हुने
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व: देउवा
मंसिर १८, २०८१ मंगलबार
दूध बेचेर वार्षिक ३० लाख आम्दानी
मंसिर १८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १८, २०८१ मंगलबार