सिन्धुलीबाट ‘गोर्खा वारियर–२’ को छायाँकन सुरु
नेपालबहस संवाददाता
मंसिर ९, २०७८ बिहिबार २०:२८:५४
९ मंसिर, काठमाडौं । ‘गोर्खा वारियर–२’को बाँकी छायाँकन सिन्धुलीबाट सुरु भएको छ । बिहिबार सिन्धुलीको भद्रकाली मन्दिरमा पुजा गरेर बिहिबारबाटै त्यहाँ यो चलचित्रको छायाँकन सुरु भएको हो ।
चलचित्रको युनिट लिएर निर्माता निर्देशक मिलन चाम्स बिहिबार त्यहाँ पुगेका हुन् । गत बैशाख अघि यो चलचित्रको ४० प्रतिसत छायाँकन सम्पन्न भएको थियो ।
अब नेपालको बाँकी छायाँकन सिन्धुली र तनहुँमा गरिने यसका निर्माता निर्देशक मिलन चाम्सले बताएका छन् । यस अघि सोलुखुम्बु सहित नेपालका केही स्थानमा यो चलचित्रको छायाँकन गरिएको थियो ।
चलचित्रमा युद्धको छायाँकनका लागि आबस्यक पात्रका रुपमा गत महिना अडिसनबाट ३४ जना कलाकार चयन गरिएको थियो । ती सहित अहिले छायाँकनमा मुख्य अभिनेता रितेश चाम्स र बिजय लामा रहेका छन् ।
गोर्खा वारियर २ मा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसी लगायतका कलाकारको अभिनय रहने छ । रितेस चाम्सले नवनायकका रूपमा यो चलचित्रबाट डेब्यु गर्दै छन् ।
यो चलचित्रको सिन्धुलीको छायाँकन सेड्युल करिब तीन साता राखिएको निर्माता निर्देशक मिलन चाम्सले बताएका छन् । सिन्धुलीमा चलचित्रका युद्ध लगायतका दृष्यहरु छायाँकन गर्न लागिएको पनि निर्देशक चाम्सले जानकारी गराएका छन् । सिन्धुलीको सेड्युल सम्पन्न गरेपछि यो चलचित्रको युनिट बाँकी छायाँकनको लागि तनहुँ जाने भएको छ ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने चलचित्रमा सहनिर्माताको रुपमा सुरेश राई छन् । यो चलचित्रलाई सन २०२२ मै रिलिज गरिने छ । सिन्धुली र तनहुँको छायाँकन सेड्युल सकेर चलचित्रको युनिट बाँकी छायाँकनको लागि बिदेश लाग्ने छ । बिदेश अन्तर्गत बेलायत, भारत, मलेशिया लगायतका देशमा गोर्खा वारियर २ को छायाँकन गरिने छ ।
गोर्खा वारियर २ मा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ ।
चलचित्र गोर्खा वारियरको छायांकन गर्न केही ढिला हुने भएकाले आफुले गोर्खा वारियर–२ छायांकन सुरु गरेको निर्देशक चाम्सले बताए । अब सिनेमा हलमा पनि गोर्खा वारियर २ रिलिज भएपछि मात्र गोर्खा वारियरको निर्माण सुरु हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार