प्रोफेसर ईश्वरीको जीवनी नामक आत्मकथाको विमोचन
नेपालबहस संवाददाता
मंसिर १०, २०७८ शुक्रबार १७:१५:०
१० मंसिर, काठमाडौं । देशमा वाणिज्य शिक्षाका सुरुआत गरेका स्व प्रा ईश्वरीलाल श्रेष्ठको स्मृतिमा प्रकाशन गरिएको प्रा ईश्वरीको जीवनी नामक आत्मकथा पुस्तकको विमोचन गरिएको छ । ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानद्वारा यहाँ आयोजित समारोहमका पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनीले पुस्तक विमोचन गरेको हो ।
पुस्तकमा लामो समय निजामती सेवामा रहँदा राष्ट्रिय वाणिज्य बैंक, हेटौँडा सिमेन्ट, उदयपुर सिमेन्ट, भृकुटी कागज कारखाना, बुटबल धागो उद्योग, लुम्बिनी कागज कारखानाको स्थापना गर्दाको अनुभव उल्लेख गरिएको छ । साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भवन निर्माण तथा नेपाल वायुसेवा निगमलाई दुईवटा बोइङ ७५७ नयाँ जहाज खरिद गरी राष्ट्रिय ध्वजाबाहकलाई भारत, श्रीलङ्का, बङ्गलादेश, थाइल्याण्ड, सिङ्गापुर, जापान, पाकिस्तान, जर्मनी र बेलायतसम्म उडान गराउन निर्वाह गरेको महत्वपूर्ण भूमिकालाई पनि पुस्तकमा अनुभूतिका रुपमा समावेश गरिएको छ । उनी मन्त्रालयमा सचिव भई काम गरेको थियोस्व ईश्वरीलालको ९१ वर्षको उमेरमा २०७५ सालमा निधन भएको थियो ।
पुस्तक विमोचन गर्दै पूर्वमन्त्री लोहनीले २०११ भदौ १७ गते १७ जना विद्यार्थी जम्मा गरेर स्व ईश्वरीलालले सुरु गर्दा आफू पनि विद्यार्थीको रुपमा सो समूहमा समावेश हुन पाएको प्रसङ्ग उल्लेख गर्दै उनीबाट दीक्षित हुन पाएका कारण नै आफूले उच्च शिक्षा हासिल गर्न सकेको बताए ।
प्रतिष्ठानका संरक्षक तथा ईश्वरीलालकी धर्मपत्नी सुभद्रा श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्राडा पुष्कर ब्रजाचार्यले स्व ईश्वरीलालले नेपालको वाणिज्य र व्यवस्थापन शिक्षाको विकासमा पुर्याएको योगदानको चर्चा गरे । प्रतिष्ठानका सदस्य एवं स्व ईश्वरीलालका छोरा डा प्रकाशलाल श्रेष्ठले नेपालको शिक्षा, पर्यटन तथा आर्थिक विकासको क्षेत्रमा पुर्याएको योगदानलाई स्मरणीय गराउन पुस्तक सहयोगी हुने धारणा राखे । प्रा डा प्रेमराज पन्तले पनि स्व ईश्वरीलाल नेपालको उद्योग र वाणिज्यको ज्ञानभण्डार थिए भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित
चैत २५, २०८० आइतबार
गीतकार खतिवडाको नयाँ कृति, हिन्दी गीतहरूको संग्रह “कैसा मन मस्ताना प्यारे"
चैत ८, २०८० बिहिबार
बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ बजारमा
फागुन २८, २०८० सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार
गृहमन्त्रीलाई समितिको पत्र, सडकमा ट्राफिक स्वयंसेवक खटाएको बारे जवाफ दिन आउनु
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
राष्ट्रसंघका विज्ञद्वारा इजरायलविरुद्ध प्रतिबन्धित हतियारमा प्रतिबन्ध लगाउन आह्वान
जेठ १७, २०८१ बिहिबार
उत्तर कोरियाद्वारा जापानी समुद्र क्षेत्रमा क्षेप्यास्त्र प्रहार
जेठ १७, २०८१ बिहिबार
गाजा युद्ध थप सात महिना जारी रहने इजरायलको चेतावनी
जेठ १७, २०८१ बिहिबार
महालेखालाई तत्काल बेरुजु फर्स्यौट गर्ने रणनीतिक योजना पेस गर्न लेखा समितिको निर्देशन
जेठ १७, २०८१ बिहिबार