तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
मंसिर ११, २०७८ शनिबार ११:१९:२१
वि.सं.२०७८ साल मंसिर ११ गते । शनिबार । ईश्वी सन् २०२१ नोभेम्बर २७ तारिख । नेपाल संवत् ११४२ । राक्षस संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि– अष्टमी, रातको १२ बजेर ४१ मिनेट उप्रान्त नवमी । नक्षत्र– मघा, बेलुकी ०५ बजेर ४१ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–वैधृति । करण– वालव, दिउसो १२ बजेर ४४ मिनेट उप्रान्त कौलव, रातको १२ बजेर ४१ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ०६ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- अध्ययन अध्यापनमा रुची बढ्नेछ भने बिद्या तथा प्रतिष्पर्धामा तपाईकै नाम अग्र स्थानमा आउनेछ । । काममा आफन्तको सहयोग मिल्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् । काम गर्ने उत्साह र हौसला बढ्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसी शुख सुबिधाहरु प्रयोग गर्न नपाउदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरु हावी हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथिहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा):- दौडधुप तथा लामो खटाईले मात्र कामरु सम्पादन हुनेछन् । पुराना मुद्दाहरुको निर्णय तपाईको पक्षमा नआउने तथा नया बिवादमा फस्ने योग रहेको छ । उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आएपनि तत्काल भन्दा पनि पछिको लागी फाईदा हुनेछ । आफुभन्दा ठुला तथा प्रतिष्ठित व्याक्तिहरुसँग बिवाद बढ्ने योग रहेकोछ । तरपनि सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- व्यापार व्यापार फस्टाएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ भने बिशिष्ट व्याक्ति मार्फत सम्मान पाउने योग रहेको छ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउदै अगाडी बढ्न सकिनेछ । मायाप्रेममा सामिप्यत बढ्नेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- स्वास्थ्यमा आउने समस्याका कारण कामहरु प्रभावित हुनेछन् । आत्मबल तथा मनोबल कमजोर हुने हुदा आटिला तथा पराक्रमी क्रिर्याकलापमा पछी परिनेछ । समाजमा तपाईको कामको आलोचना हुनेछ । आफन्त तथा पुर्वजहरुसँग सामान्य कुरामा पनि ठुलै मतभेद रहनेछ । पढाईमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । मायाप्रेममा सामान्य बिवाद सिर्जना भएपनि अन्तमा एक अर्कालाई बिश्वास गर्दै छुट्टिन पाउदा मन प्रशन्न रहनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):- खर्च बढ्ने तथा कामहरु नहुने प्रशस्त सम्भावना रहेकोछ । आर्थिक स्थिती खस्केर जाने हुनाले घरायसी खर्च व्यावस्थापन गर्न हम्मे हम्मे पर्नेछ । पढाईलेखाईमा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च हुने योग रहेको छ । व्यावसायबाट आम्दानी गर्न लगानी बढाउनु पर्ला । तरपनि छोटो दुरिको यात्रा हुने तथा विदेशी सामानको व्यापार व्यावासाय फस्टाएर जानेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- व्यापार व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । मायाप्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेकोछ । सवारीसाधन तथा अन्य भौतिक सम्पतीहरु लाभ हुनेछ । पढाईलेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडी बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- जानकारीको अभावले कामहरु बिग्रनेछ भने आलोचनाको शिकार होईनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यही बेलामा व्यापार व्यावसायमा मन्दी आउनेछ । आम्दानी भन्दा खर्च अधिक हुने हुनाले रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो पर्नेछ । पढ्नेलेख्ने काममा खासै मन नजादा अरुभन्दा पछी परिनेछ । मायाप्रेममा अबिश्वास बढ्ने योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मान पाउने योग टरेर जानेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- लामो समयदेखि रोकिएका कामहरु बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानी हुनेछ । आफन्त तथा जीवनसाथिको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरी नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्बाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागी लामो दुरिको यात्रा हुनेछ । व्यापारबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने घरायसी सुख सुविधा भरपुर मात्रामा प्रयोग गर्न पाईनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यावधान हुने हुनाले मानसिक तनाब बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जागर हराएर जानेछ । पढाईलेखाई तपाई आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ । प्रेम प्रशङग टाडै रहनुहोला प्रीय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । बिधिबिधान तथा कानुन सम्बत् काम गर्नुहोला दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- एकल तथा साझेदारी व्यापार व्यावसायमा लगानी गरी प्रशस्त नाँफा कमाउन सकिनेछ । पढाईलेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशि रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- मौसमी रोगको प्रकोपले समस्या निम्त्याउनेछ भने हाड जोर्निहरुमा समस्या आउन सक्छ ध्यान दिनुहोला । सवारी चलाउदा ख्याल गनुहोला चोटपटक तथा दुर्घटना हुने योग रहेकोछ । कुनैपनि विवादित विषयमा सामेल नहुनु नै राम्रो रहेको छ भने न्ययिक निर्णयहरु तपाईको पक्षमा आउने छैनन् । पढाईलेखाईमा मन नजादा अरुभन्दा पछी परिनेछ । प्रेममा आजको दिन नभेट्दा नै राम्रो रहने छ ।तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार