निर्माण सकिएको केही दिनमै जिर्ण बनेको ताथलीको पर्खाल
नेपालबहस संवाददाता
मंसिर १३, २०७८ सोमबार १८:५१:३६
१३ मंसिर, भक्तपुर । चाँगुनारायण नगरपालिकामा केही समय अगाडि मात्रै बनाएको पर्खाल जिर्ण बनेको छ । चाँगुनारायण नगरपालिका-९ ताथलीको पण्डित पधेँरोदेखि बालाटोल हुँदै सुडाल जोड्ने सडक खण्डमा लगाएको पर्खाल भत्किने अवस्थामा पुगेको हो ।
नगरपालिकाको गौरवको योजनाअन्तर्गत पर्ने यो पर्खाल ठेकेदारमार्फत निर्माण गरिएको थियो । पर्खाल निर्माणका क्रममा ठेकेदारले लापरवाही गरेका कारण कमजोर भएको वडाध्यक्ष गणेश त्यातले बताए ।
उनका अनुसार सो योजना फास्टट्रयाक सडकअन्तर्गत पर्छ । ‘सडकको पर्खाल भत्किन लागेको भन्दै स्थानीयको गुनासो आएको थियो । सोही अनुरुप अनुगमन गर्दा निकै लापरवाही भएको देखियो,’ उनले भने,’वडाका विभिन्न व्यक्ति तथा नगरपालिकाका प्राविधिकको उपस्थितिमा अनुगमन गरेका थियौँ ।’
उनका अनुसार प्लम कंक्रिट विधिको वालमा एक भाग ढुंगा एक भाग मसला ९ढलान० हाल्नु पर्नेमा त्यहाँ करिब ९० प्रतिशत ढुंगा मात्र राखेको पाइन्छ ।
नगरपालिकाका इञ्जिनियर पुरुषोत्तम शर्माले ठेकेदारले लापरवाही गरेको भेटिएको र बारम्बार ठेकेदारलाई खबर गर्दा पनि कुनै सुनुवाई नभएको बताए । उनका अनुसार एक तह ढुंगा, एक तह ढलान राखी बनाउनु पर्ने वालमा त्यहाँ त ढुंगाको मात्र चाङ लगाएको रहेछ । त्यसरी लगाएको ढुंगा छोप्न बाहिर घोला छ्यापिएको रहेछ । सो पर्खाल निर्माणाको जिम्मा निर्माण व्यवसायी लिला लामाले पाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार