मिस ग्राण्ड नेपाल २०२१ को ताज निशुले जितिन्
नेपालबहस संवाददाता
मंसिर १३, २०७८ सोमबार २३:१:२९
१३ मंसिर, इटहरी । यहि शुक्रबार काठमाडाैंको जमलमा अवस्थित राष्ट्रिय नाचघरमा ‘मिस ग्राण्ड नेपाल २०२१’ सम्पन्न भएको छ । सो प्याजेण्टको उक्त ग्राण्ड फिनाले कार्यक्रमबाट बन्दि सहायता केन्द्रकी निसु कुमारी साहले ताज पहिरिन सफल भएकी छन् । उनि संगै अन्य ४ सुन्दरीहरुले समेत ताजा पहिरिन सफल भएका छन् ।
काठमाडौकी सुर्जिना श्रेष्ठले ‘मिस टुरिजम नेपाल’, हेटौंडाकी मनिषा छिनाल ‘मिस ल्यान्डस्केपस नेपाल’, झापाकी वविता आचार्य ‘मिस स्कुवा नेपाल’, पोखराकी प्रमिला विश्वकर्माले ‘मिस मल्टिनेशनल नेपाल’ को ताज पहिरिन सफल भएकी हुन् ।
सम्पूर्ण बिजेताहरुले ५०-५० हजार नगद संगै कम्पनीको गुडविल एम्बास्डर, ५० हजार बराबरको सुनको थान्का, नेपाली चलचित्रमा नायिका हुने अवसर प्राप्त गरेका छन् ।
यस्तै बिजेताहरुले इण्टरनेसनल सौन्दर्य प्रतियोगितामा नेपालको झण्डा फहराउदै सहभागी हुने अवसर समेत पाउने आयोजकले जनाएको छ । आर.के. इन्टरटेन्मेन्टले आयोजना गरेको सो प्याजेण्टमा देशभरका १५६ युवतीहरु प्रतिष्पर्धामा आएका थिए । मिस ग्राण्डको प्रतिष्पर्धीहरुलाई रोजिन शाक्यले कोरियोग्राफी गराएका थिए ।
फ़ाईनल निर्णायक प्यानलमा राजभाइ सुवाल, जयन सुवा मानन्धर, सरोज प्याकुरेल, दिपक घिमिरे र रोस्ना बस्नेत रहेका थिए । आयोजक कम्पनिले मिस ग्रान्ड नेपालमार्फत हरेक वर्ष देशको प्रतिनिधित्व गराउँदै मिस टुरिजम इन्टरनेसनल, मिस स्कुवा इन्टरनेसनल, मिस लण्डस्केप इन्टरनेसनल, मिस मल्टीनेसनल र प्रतिस्पर्धी तयार पार्दै आएको छ । यो वर्षदेखि अर्को एउटा ताज समेत थप गरी ५ जना सुन्दरीहरुलाई इन्टरनेसनलमा भिड्न पठाउन लागेको हो । आनी भिम सुवा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा किशन राज शिह, राजु श्रेष्ठ, अम्बिका अर्याल, प्रकाश कुवर, दिपेन्द्र राज शाक्य लगायतको आतिथ्यता रहेको थियो ।
ग्राण्ड फिनाले कार्यक्रमबाट टाईटल अवार्डहरु पनि प्रदान गरिएको थियो । जस अन्तर्गत ‘मिस इनोसेन्ट’ यशोदा रेग्मी, ‘मिस एक्टिभ’ ममता बुढा क्षेत्रि, ‘मिस स्पोन्टेनियस’ मनिषा छिनाल, मिस बेस्ट फिगरु ममता मल्ल, ‘मिस परशनालिटी’ वर्षा राणा, ‘मिस फोटोजेनिक’ सपना कार्की, ‘मिस बेस्टवाक’ प्रमिला विश्वकर्मा, ‘मिस मल्टिमिडिया’ वविता आचार्य, ‘मिस बेस्ट स्पिच’ सोनाली सापकोटा, ‘मिस इन्टेलुक्च्युल’ निशु शाह, ‘मिस कोन्जेनियालिटी’ निशु कुमारी शाह, ‘मिस ट्यालेन्ट’ वविता आचार्य, ‘मिस हार्ड वोर्किङ’ सोना कुमारी यादव, ‘मिस फ्रेन्डली’ अन्जली थापा, ‘मिस बेस्ट हेयर’ अस्मिता तामाङ, ‘मिस ग्ल्यामर’ ममता बुढा क्षेत्रि, ‘मिस बेस्ट स्माइल’ डिम्पल खरेल, ‘मिस बेस्ट स्किन’ सुर्जिना श्रेष्ठ र ‘मिस कन्फिडेन्ट’को टाईटल सोनाली सापकोटाले जितेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार