एउटै स्टेजमा चार विजेता घोषित
नेपालबहस संवाददाता
मंसिर १३, २०७८ सोमबार २३:३:५६
१३ मंसिर, काठमाडौं । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा एकै स्टेजमा ४ विजेता छानिएका छन् । शनिबार अबेर साँझ सम्पन्न प्रतियोगीता ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल २०२१’ मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिएका हुन् ।
प्रतियोगितामा ‘लिटिल प्रिन्स इन्टरनेशनल’ जुनियरतर्फ रिदम नेपाल विजेता बने । यहि प्रतियोगिता तर्फको फष्ट रनर अप एलेक्स महर चुनिदा सेकेन्ड रनर अफ भने एलिस अर्याल भए । त्यस्तै ‘लिटिल प्रिन्सेस इन्टरनेशनल’ जुनियर तर्फ आयु खत्रीले शिर्ष उपाधि चुमिन् । यहि प्रतियोगितामा सरल्या बज्राचार्य फष्ट रनर अफ र आरोही खरेल सेकेन्ड रनर अप बने ।
यस्तै ‘लिटिल प्रिन्स इन्टरनेशनल’ सिनियर तर्फ भने स्पन्दन त्रिपाठी शिर्ष विजेता बन्दा फष्ट रनर अप शुभम थापा र सेकेन्ड रनरअप दिब्भ्यान्स आर्याल भए । कार्यक्रममा टिन प्रिन्सेस इन्टरनेशनल तर्फ भने कृषा खड्की विजेता घोषित भइन् । यहि प्रतियोगितामा प्रसन्सा आचार्य र विभुती बस्नेत क्रमश फष्ट रनर अप र सेकेन्ड रनर अप छानिए ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लीले आयोजना गरेको प्रतियोगिताको फाइनल स्पर्धामा अभिनेत्री संञ्चिता लुईटेल, फिल्म निर्देशक दीवाकर भट्टराई, ब्यवसायि रोजी खुसी पाठक, गीतकार, कवि तथा नव नारी मासिककी सम्पादन निलिमा मास्के श्रेष्ठ निर्णायक रहेका थिए ।
९ बर्षदेखि १५ बर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको प्रतिभा निखार्ने उदेश्यले आयोजित प्रतियोगीताको कोरियोग्राफी रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल, कोरियोग्राफर राज फैजुले गरेका थिए, भने उनीहरु श्रीषा बैदार फैजुका डिजाइन रहेको आकर्षक परिहनमा र्याम्पमा उत्रिएका थिए ।
विजेता ४ जनाले नै विभिन्न उपहार र अवसर गिफ्टका रुपमा प्राप्त गरेका छन् । विजेता सबै इन्डोनेशियाको बालीमा आयोजना हुने ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल’ मा नेपालको प्रतिनिधित्व गर्ने आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार