ऐतिहासिक चन्द्रगढीको पुनः निर्माण
सरला बैजु
मंसिर १७, २०७८ शुक्रबार २१:५:३०
१७ मंसिर, बन्दीपुर । पहाडकी रानी उपनाउँले परिचित बन्दीपुर–५ स्थित ऐतिहासिक चन्द्रगढीको पुनःनिर्माण गरिएको छ । संरक्षणको अभावमा अलपत्र अवस्थामा रहेको उक्त गढीको गाउँपालिकाको सक्रियतामा संरक्षण गरिएको हो ।
बाइसे–चौबिसे राज्यको पालामा रहेको सो गढी लामो समयदेखि भग्नावशेषरुपमा रहेकाले पुनः निर्माण गरी संरक्षण गर्न लागिएको बन्दीपुर गाउँपालिका कार्यालयले जनाएको छ । बन्दीपुर गाउँपालिकाले पाँच लाख बजेट विनियोजन गरी गढीको पुनःनिर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पैदलमार्ग निर्माण कार्य अघि बढाइएको छ । उक्त दरबारमा ढाल, खुँडा र तरबार हराउँदै गएकाले गाउँपालिकाले त्यसको संरक्षण गरी आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।
चन्द्रकोट गढीको इतिहासको खोजी गरी पर्यटकीयस्थलका रुपमा प्रचारप्रसार गर्ने उद्देश्यले गढीको संरक्षण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । उक्त गढी पुरातात्विक महत्व बोकेको स्थान भएकाले पुनः निर्माण गरी संरक्षण गरिएको उनको भनाइ छ ।
त्यसैगरी बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट सुरु गरी मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करिब चार किलोमिटर दूरीको मिनी ग्रेटवाल पनि पर्यटकको रोजाइ बन्ने गरेको छ । बन्दीपुरले एक करोड खर्च गरी चीनको जस्तै झझल्को दिने गरी निर्माण गरेको मिनिग्रेटवालतर्फ पर्यटक आकर्षित हुने गरेका अध्यक्ष थापा बताउँछन् ।
बन्दीपुरमा ‘मिनीग्रेटवाल’ निर्माणपछि पर्यटकको आगमनमा वृद्धि भएको छ । अहिले बन्दीपुरमा आन्तरिक र बाह्य गरी दैनिक करिब दुई हजारभन्दा बढी पर्यटक आउन थालेका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । बन्दीपुर गाउँपालिका र संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको साझेदारीमा मिनीग्रेटवालको निर्माण प्रक्रिया अघि बढाइएको हो । तीन करोड ५० लाखको लागतमा निर्माण प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
पाथीभरामा विदेशी पर्यटकको चहलपहल बढ्यो
मंसिर १२, २०८१ बुधबार
पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
तीन युवा ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत
मंसिर १३, २०८१ बिहिबार